Home Login

हाम्रो हालको फेसबुक रिल्स

लण्डन — नेपाली दूतावास, अटवाले नेप्लिज कम्युनिटी अफ, लण्डन (एनसिएल) र एनआरएनए क्यानाडाको सहकार्यमा लण्डन, अन्टारियोमा दुई दिने कन्सुलर सेवा उपलब्ध गराएको छ।  जुन ७ र ८ मा साउथ साइड ग्रिलमा शिविर आयोजना गरिएको सह-आयोजक एनसिएलले जनाएको छ। सो शिविबाट दक्षिणपश्चिमी अन्टारियोका नेपाली डायस्पोराका १७८ जनाले आफ्नै शहरमा महत्त्वपूर्ण सरकारी सेवा प्राप्त गरेका थिए।  लण्डन, अन्टारियो धेरै नेपाली विद्यार्थीहरू भएको शहर हो। यो […]

काठमाडौँ — विश्वका सुरक्षित देशहरूको सूचीमा नेपालले आफ्नो स्थानमा सुधार गर्दै ८०औं स्थानमा उक्लिएको छ। विश्व शान्ति सूचकांक (Global Peace Index) २०२४ को पछिल्लो प्रतिवेदन अनुसार, १६३ देशहरूमध्ये नेपालले यो स्थान हासिल गरेको हो। इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (IEP) द्वारा वार्षिक रूपमा प्रकाशित हुने यो सूचकांकले देशहरूलाई तीन मुख्य मापदण्डहरूमा मूल्याङ्कन गर्दछ: सामाजिक सुरक्षा […]

विप्लव काफ्ले स्पेन । स्पेन स्थित आलिकान्तेको बेनिड्रोम राहदानीका लागि घुम्ती शिविर हुने भएको छ । आलिकान्तेको बेनिडोर्म स्थित  होटल ब्रिस्टल, प्लासा डाक्टर फ्लेमिङ २ मा शिविर सञ्चालन हुनेछ । यहि जुन १४ र १५ गते सञ्चालन हुने शिविरका लागि नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का र एनआरएनए कोष्टाव्लाङ्काले समन्वय सहजीकरणको तयारी तीव्र पारेका छन् । नेपाली […]

काठमाडौं — बागमती सरसफाई महाअभियानबाट प्रेरित भई फोहरको श्रोत बाटै व्यवस्थापन गर्नुपर्छ भन्ने उदेश्यका साथ २०७४ बैशाख २ गते बाट शुरु भएको चक्रपथ सरसफाई अभियानको ४२७ औं हप्ताको पुर्व सन्ध्यामा आयोजित बृहत रक्तदान कार्यक्रम ११० पिन्ट रगत जम्मा गर्दै भव्यताको साथ सम्पन्न भएको छ । कार्यक्रममा ६३ बर्षकी महिला रामदेवी श्रेष्ठ जसले ११३ औं पटक […]

काठमाण्डौं — तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तका निम्ती सहकार्य नेपालले आज लागू औषध र्दुव्यसनी तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरिक्षक शालिग्राम शर्मा पौडेल र प्रहरी निरिक्षक शैलजा […]

एजेन्सी — अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै करिब ७ हजार नेपाली नागरिकलाई अब अमेरिका छाड्नुपर्ने अवस्था आएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको आधिकारिक वेबसाइटमा प्रकाशित सूचना अनुसार, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा हालको अवस्थाको मूल्यांकन र सरोकारवाला निकायहरूसँगको परामर्शपछि यो निर्णय […]

एजेन्सी — अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्क शहरस्थित एउटा आवाशगृह भित्र नेपाली मूलका दुई वयस्क र दुई साना बालबालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घटनालाई प्रारम्भिक रूपमा ‘हत्या–आत्महत्या’ को दृष्टिले अनुसन्धान थालिएको छ। गएराति जुन ५ करिब ११ बजे लानाए मार्गको घर नम्बर ९४०० अवस्थित भूई तलामा कल्याणकारी जाच वेलफेयर चेक लागि बोलाइएको […]

पोर्चुगल — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोप आउने भएकी छिन् । मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका शान्ति श्री परियार कार्यक्रमको लागि युरोप आउने भएकी हुन् । पछिल्लो समय मेला महोत्सवमा निकै व्यस्त रहेकी गायिका तीजलाई मध्यनजर गर्दै युरोपको विभिन्न देशहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिनको लागि युरोप […]

म्यानचेस्टर — नेपाली एसोसिएसन यूके- हिमालयन यति म्यानचेस्टरले आयोजना गरेको नलिना चित्रकार सांगीतिक साँझ सफलतापुर्वक सम्पन्न गरेको छ । मे  १ आइतबारका दिन म्यानचेस्टरको अल्त्रिनगाममा आयोजित कार्यकममा उल्लेख्य नेपाली दर्शकश्रोताहरुको उपस्थिति रहेको थियो । नेपाली संगीत क्षेत्रकि एक मुर्धन्य गायिका नलिना चित्रकारको मुख्य प्रस्तुति रहेको उक्त साँझमा रात्रि भोजको आयोजना गरिएको थियो । नेपाली एसोसिएसन […]

काठमाडौं, १९ जेष्ठ । राजा वीरेन्द्रको शान्ति क्षेत्र घोषणाको प्रस्ताव आज झन सान्दर्भिक भएको  सरोकारवालाहरुले बताएका छन् । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले राजा वीरेन्द्रको २४औं स्मृति सभाको अवसरमा आज ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको सालिकमा माल्यापर्ण तथा दीप प्रज्वलन कार्यक्रममा सो कुरा बताइएको हो । नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गरेको प्रयासलाई पूरा गर्न […]