अमेरीका — युवा माझ निकै लोकप्रिय गायक दुर्गेश थापा अमेरीकाको १२ वटा सहरमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुने भएका छन् । अस्ट्रेलिया, कतार र बेलायतको सांगीतिक भ्रमणपछि गायक थापाको मिसन अमेरीका रहेको छ । अक्टोबरदेखि नोभेम्बरसम्म १२ सहरमा प्रस्तुति दिदै छन् ।
दुर्गेशले टेक्सासको अस्टिन, न्यूयोर्क, पेन्सिलभेनियाको पिट्सबर्ग, भर्जिनियाको मनासास, मेरिल्याण्डको बाल्टिमोर, कोलम्बसको ओहायो, कोलोराडोको डेनभर, जर्जियाको एटलान्टा, क्यालिफोर्नियाको सनफ्रान्सिस्को, क्यालिफोर्नियाको लस एन्जलस, टेक्सासको डालसमा प्रस्तुति दिने जनाइएको छ ।
अमेरिका टूरको आयोजना पाण्डे होम्स, एकेबी कम्पनी र आरएनआर ग्रुप्सले गरेका हुन् । केही दिनअघि उनले अमेरिकाको भिसा पाएका छन् ।