Home Login

मनिस तमु काजाब्लांका क्यासेल्लो ,बेल्जियम । किरात राई समुदायको मौलिक र महान चाड उभौली साकेला ५०८५ किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा  भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि […]

लन्डन — तमु समाज युकेको १८ औं वार्षिक साधारणसभा यही ३१ मे मा हुने भएको छ । ह्यारो रोड बर्हाम पार्क वेम्बलीस्थित तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा शनिबार मे ३१ का दिन साधारणसभा तय भएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।  ‘तमु समाज युकेको १८औं वार्षिक साधारणसभा मिति ३१ मे २०२५, शनिबारको […]

पोर्चुगल — नेपाल प्रेस युनियन युरोप शाखाले नेपाल प्रेस युनियनको ३४ ओैं स्थापना दिवसको अवसरमा आगामी मे, २५ तारिख आइतबार भर्चुअल माध्यम मार्फत शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आइतबार हुने कार्यक्रम बेलायत र पोर्चुगलको समयअनुसार दिउँसोको ३ बजे, बेल्जियम समयअनुसार दिउँसोको ४ बजे र नेपाली समयअनुसार रातिको ७ बजेर ४५ मिनेटमा […]

सुबास चाम्लिंग । पोर्चुगल — किरात राई सोसाइटी अफ पोर्चुगलले उभौली साकेला चाड विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । मे १९ तारिख सोमबार सस्थाले सो कार्यक्रम गर्न लागेको हो । पहिचान ,कला परम्परा ,संस्कृतिलाई प्रवासमा चिनाउने र नेपालीत्व झल्काउने उद्देश्यले कार्यक्रम गर्न लागिएको सस्थाका अध्यक्ष दिपेश राईले जानकारी दिए । सोसाईटीका कोषाध्यक्ष अरून राईका […]

अशिम लोप्चन तामाङ । स्पेन — अन्तर्राष्ट्रिय बागलुङ समाज अध्यक्षमा बेल्जियम निबासी गंगा शर्मा सर्वसम्मत निर्वाचित हुनुभएकोछ । शनिबार बाग्लुङ्ग जिल्ल्ला सदरमुकाम बागलुङ बजारमा भएको तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अधिबेशनले बरिष्ठ उपाध्यक्षमा दीपक गौतम, उपाध्यक्षमा कुलानन्द शर्मा, रत्न बहादुर बिक, राजबिन थापा तथा महासचिबमा प्रेम सागर पौडेल, सचिबमा राजु थापा, […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा स्थापना कालदेखि नै सक्रिय संस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा एक दिने केलाङ (च्याब्रुङ) नाच आयोजना हुने भएको छ । आगामी २६ मे सोमबार आयोजना हुन लागेको कार्यक्रम पोर्चुगलमा रहेको रेस्टुरेन्ट माकी म्याजिक सुशी रेस्टुरेन्ट एण्ड बारमा हुने भएको हो । सो कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भएको सस्थाका […]

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको छ । समितिले वैशाख १५ गते महाधिवेशनमा भाग लिन योग्य ठहरिएका ६२५ जनाको नामावली सार्वजनिक गरेको हो । थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशन गरिने समितिले जनाएको छ । वैशाख २० देखि २२ सम्म काठमाडौँमा […]

यूके — पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन् । शनिबार अल्डरसटमा सम्पन्न संस्थाको ११औं अधिवेशनले सुरज पौडेलको अध्यक्षतामा सर्वसम्मत २३ सदस्यीय नयां कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सन्जयध्वज भण्डारी, भिमलाल भट्टराई, कुलराज गुरुङ, सुप्रिया गुरुङ र नारायण गिरी निर्वाचित भएका छन् भने महासचिवमा बाबुराम भुषाल र उपमहासचिव निर्मला […]

म्यानचेस्टर , युके — बेलायतमा नेपालीहरु माझ करिब ३५ बर्ष देखि सक्रिय सस्था नेपलिज एशोसियन यू -के (यति हिमालयन) ले नेपालि नयाँ बर्ष २०८२ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको  छ।  म्यारीयट होटेल, म्यानचेस्टरमा हिजो (आइतबार अप्रिल २० ) सम्पन्न कार्यक्रममा  बेलायतका लागि नेपाली महामहिम  राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। […]

पोर्चुगल — पोर्चुगलमा रहेका नेवार समुदायले ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्का (बिस्केट) जात्रा मंगलबार मनाएका छन् । नेवाः खल पोर्चुगलको आयोजनामा लिस्बनको आरोइसस्थित ग्रिल एण्ड चिल रेस्टुरेन्टमा नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदानसहित नेवार समुदायहरुको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व बिस्का (बिस्केट) जात्रा मनाएको हो । नेवारी रीतिरिवाज, भाषा, धर्म संस्कृति, परम्परा र […]