Home Login

बेल्जियम — गत सोमबार अर्थात २३ जूनको दिन बेल्जियमको डाइमण्ड शहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको बिशेष आतिथ्यतामा उद्घाटन भएको सम्मेलन संगठन र भाषा साहित्यबारे तीन दिनसम्म चलेर जून २५ मा सकियो । नेपाली राष्ट्रिय गीतबाट […]

पोर्चुगल — मगर संघ पोर्चुगलले आयोजना गरेको भूम्या बल पुजा सम्पन्न भएको छ । मगर समुदाय तथा अन्य समुदायका मानिसहरूको चाख लाग्दो उपस्थितिमा सो पुजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम ३ वोटा सस्था मगर संघ पोर्चुगल, तकसेरा समाज पोर्चुगल र लुगुम्याल समाज पोर्चुगलले संयुक्त रुपमा आयोजना गरेका थिए । सो कार्यक्रम जनजाति […]

पोर्चुगल — अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अनेसासको बिधान अनुरुप दुईबर्षे कार्यकाल रहने गरि अधिवेशनबाट निर्विरोध रुपमा एन बी अन्जान अध्यक्ष, सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य, सुजन पण्डित सदस्य र प्रेम कोइराला सदस्य रहेको नौ सदस्यीय कार्यसमिति […]

रासस — राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्ड क्षेत्रीय समितिको पहिलो बैठक १५ जुनका दिन संयोजक जगन्नाथ (गोकर्ण) भुसालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले संगठनमा आवद्ध हुन धेरै इच्छुक भएको निष्कर्षसहित सबैलाई समेट्ने गरि सल्लाहकार र विभिन्न उपसमिति बनाउने निर्णय गरेको छ । बैठकले सदस्यता विस्तारलाई पनि तीव्रता दिने भएको […]

पोर्चुगल — याक्थुङ (लिम्बू) समुदायको महान चाड सिसेक्पा तङनाम ५०८५ (साउने सङ्क्रान्ती २०८२) लाई मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलले शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । पोर्चुगलको राजधानी लिस्बोन स्थित सान्ता एपोलोनिया (Santa Apolonia) Rua de manutencae  82 २८ जुलाई सोमबार उक्त कार्यक्रम हुने भएको हो । ‘हाम्रो संस्कार, हाम्रो संस्कृति, […]

काजाब्लांका क्यासेल्लो बेल्जियम – नेपाली व्यवसायी संघ बेल्जियम र होरेका फ्लान्दरन बेल्जियमबीचको ऐतिहासिक सहकार्यको सार्वजनिक घोषणा ३० जुन २०२५, सोमबार  साँझ १८:०० बजे लुभेन नगरपालिकाको आयोजनामा लुभेन मेयरको कार्यालयमा गरिने भएको छ। कार्यक्रममा वाकिङ डिनरको समेत व्यवस्था गरिएको छ भने सहभागी संख्या अधिकतम ५० जनासम्म सीमित रहने जानकारी प्राप्त भएको छ। कार्यक्रममा सहभागिता जनाउन इच्छुक […]

साइप्रस — युरोपेली मुलुक साइप्रसमा सन् २०१६ मा स्थापना भएको तमु समाज साइप्रसले पाँचौं अधिवेशन सम्पन्न गरेको छ । शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ भन्ने मूल नाराका साथ स्थापना भएको तमु समाज साइप्रसले पाँचौं अधिवेशन जुन ८ तारिख सम्पन्न गरेको हो । साइप्रसमा स्थापना कालदेखि […]

रासस — पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन शाखाको आयोजनामा लन्डनमा मौलिक नेवारी भोज (गुथि भ्वय्) गरिने भएको छ । यही जुन ८ तारिख आइतबार लन्डनको चार्ल्टनस्थित चार्ल्टन पार्क रग्बी क्लबमा भोज हुन लागेको छ । भोजका लागि मौलिक परम्पराअनुसार झण्डै ४० थरि नेवारी परिकार तयार गरिने आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन […]

टोकियो, जापान — तनहुँ समाज जापानको दोस्रो अधिवेशन २०२५ जुन १, आइतवारका दिन टोकियोको ओकुवो स्टेशन नजिकै रहेको प्याराडाइज रेष्टुराँमा सम्पन्न भएको छ । सन् २०१८ मा स्थापना भएको समाजले आफ्नो नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ ।  पूर्व अध्यक्ष विजय थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनले डा. भोजराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ […]

मनिस तमु काजाब्लांका क्यासेल्लो ,बेल्जियम । किरात राई समुदायको मौलिक र महान चाड उभौली साकेला ५०८५ किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा  भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि […]