Home Login

काठमाडौं — झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो तस्बिरहरू समेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ। घटनालाई अतिरञ्जित गराइ पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ […]

ओमान — विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस […]

काठमाडौं — हरेक वर्षझैं यस वर्ष पनि इंडेक्स एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर ल्याएको छ। इंडेक्स एक्सचेन्जले रमदानको पावन महिनालाई विशेष बनाउन, शान ए रमदान सिजन चार अन्तर्गत यस बार, बुल्डोजरको वार भन्ने नारा सहित एक विशेष प्रवर्द्धन सुरु गरेको हो । यो योजना मार्च २९, २०२५ सम्म लागू हुने कंपनीले जनाएको छ। […]

काठमाडौं — होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् । शहीद दिवसको अवसरमा बुधबार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा कार्कीलाई सफल पर्यटन व्यवसायी सम्मानबाट कार्यक्रकामा प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर […]

पुस्तक रेग्मी । काठमाडौं — विदेशमै बस्ने भन्दै एक वर्षमा ६६ हजार बढी नेपालीले नेपाल छाडेका छन्। अध्यागमन विभागले एक तथ्याङ्क जारी गर्दै ६६ हजार ८ सय ३५ जनाले नेपालबाट स्थायी बसोबासका लागि विदेश बसाइ सरेको जनाएको हो । तथ्याङ्क अनुसार यसरी बसाई सर्नेमा ३४,५४४ जना पुरुष र ३२,२८७ महिला छन्। सन् २०२३ को तुलनामा […]

वासिङटन — अमेरिकाको वासिङटन डिसीमा हवाई दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । वासिङटन डिसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको यात्रुवाहक विमान र सेनाको हेलिकप्टरसँग आकाशमै ठोकिएर दुर्घटना भएको हो । चालकदलका ४ र ६० जना यात्रु बोकेर कान्सस राज्यको विचिटाबाट उडेको विमान धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा ३ […]

आज जनवरी २९, २०२५ बुधवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – नेपाल तामाङ घेदुङ मलेसियाले मनाइयो सोनाम ल्होछार — नेपाल तामाङ घेदुङ मलेसियाले सोनाम ल्होछारको अवसरमा मलेसियाको राजधानी क्वालालम्पुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली राष्ट्रिय सांस्कृतिक पर्व मन्जुश्री […]

काठमाडौँ —  नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने बताएको छ। बुधबार महासंघले विज्ञप्ती जारी गर्दै सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका कतिपय प्राविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले स्वीकार्य नहुने बताएको हो । महासंघको विज्ञप्तीमा अगुवा नागरिक संस्था […]

आज जनवरी २८, २०२५ मंगलबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने  — चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने भएका छन्। फिनल्याण्ड रहेको चौतारी इभेन्टद्वारा आयोजित उक्त कार्यक्रमका लागि […]

एलिया लिम्बु । साइप्रस — युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम यही आउँदो फेब्रुअरी ९ तारिख आइतबार लिमासोलको नियो फियस्टा बेन्क्युट हलमा हुने भएको हो। तामाङहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा  उक्त साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक […]