Home Login

नर्वे — मगर संघ नर्वेले आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित मगर भाषा तथा सांस्कृतिक कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ । संघले “हाम्रो भाषा, कला, संस्कृति र परम्पराको संरक्षणमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम २०२६ जनवरी ११ तारिख, आइतबार दिउँसो ठीक […]

नर्वे — नेपाली पोर्चुगिस समाज-नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशन डिसेम्बर २५, २०२५ का दिन ओस्लोस्थित नेपाली हाउस नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको हो । नवगठित कार्यसमितिमा उपाध्यक्षका रूपमा महेन्द्र खड्का, सम्झना शर्मा बराल र जीवन भट्टराई चयन भएका छन् । महासचिवमा प्रवर्ता पन्थी गैह्रे, […]

नर्वे — ओस्लोस्थित नेपाली चर्चमा क्रिसमस उत्सव २०२५ भव्य रूपमा सम्पन्न भएको छ । प्रभु येशू ख्रीष्टको जन्मको स्मरणमा आयोजित कार्यक्रममा नेपाली ख्रीष्टियन समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष आराधना, भजन–कीर्तन, प्रार्थना तथा आत्मीय संगतिका कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । सहभागीहरूले क्रिसमसको साँचो अर्थ—प्रेम, शान्ति, करुणा र आशाको सन्देश—लाई आत्मसात् गर्दै उत्सव […]

ओस्लो (नर्वे) — ४ भाइ इभेन्ट नर्वे द्वारा आयोजित ‘क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२५’ विशेष सांस्कृतिक कार्यक्रम नर्वेको राजधानी ओस्लोमा डिसेम्बर २२, २०२५ का दिन भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । नेपालबाट युरोप सांगीतिक यात्रामा आएका लोकप्रिय लोकगायक तथा सर्जक खेम सेन्चुरी ले कार्यक्रममा आफ्ना चर्चित गीतहरू पानको पात, ढले ढले, अरेली […]

ओस्लो (नर्वे) — माङ्ग्फ़ोल्ड नेपाल–नोर्गेको मुख्य आयोजनामा नर्वेको राजधानी ओस्लोमा ‘माङ्ग्फ़ोल्ड मल्टिकल्चरल शो-केस २०२५’ (Mangfold Multicultural Show-Case 2025) कार्यक्रम उल्लासमय वातावरण र भव्यताका साथ सम्पन्न भएको छ । कला र संस्कृतिको माध्यमबाट विभिन्न देशहरूबीच भाइचारा र सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम पूर्ण रूपमा सफल भएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपालसहित थाइल्यान्ड, श्रीलंका, […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोबिता गौतमले नर्वेमा बसेका नेपालीहरूसँग भेट्दै देशको समृद्धि र विकासका लागि देश–बिदेशमा रहेका नेपालीबीचको एकता र सामूहिक प्रयास अनिवार्य रहेको बताइन् । नर्वेमा आयोजित कार्यक्रममा उनले भनिन्, “बिदेशमा बसेर मात्र केही हुँदैन, यहाँको संगठन, सामर्थ्य र एकताको बलले नै देश बन्ने हो। देश बन्दै गर्दा अबको १५–२० वर्षमा हामीले […]

नर्वे — नेपालमा भएको दुखद घटनाप्रति ऐक्यबद्धता जनाउँदै एनआरएनए एनसीसी नर्वेको आह्वानमा नर्वेको संसद भवन अगाडि श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न भएको छ । नर्वेको राजधानी ओस्लो आसपासमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा, भदौ २३ गते (सेप्टेम्बर ८, २०२५) मा जेनजीद्वारा आयोजित विरोध सभामा अकालमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । […]

ओस्लो, नर्वे —  स्याङ्जा जिल्ला, कालिगण्डकी गाउँपालिका वडा नं. ३, विर्घा भुष्टुङ गाउँका विष्णु प्रसाद पाण्डेको नर्वेको राजधानी ओस्लोस्थित कालबक्केन क्षेत्रमा भएको एक सडक दुर्घटनामा परी दुःखद निधन भएको छ । पारिवारिक स्रोतका अनुसार, परिवारजनको इच्छाबमोजिम दिवङ्गत पाण्डेको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि स्वदेश नेपाल लैजाने तयारी गरिएको छ । यसका लागि लाग्ने अनुमानित खर्च […]

ओस्लो, नर्वे — नर्वेमा बसोबास गर्ने नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एउटै मैदानमा उतार्ने उद्देश्यले आयोजना गरिएको “ओएनएफ टि-१० रनिङ शिल्ड क्रिकेट २०२५” प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ओस्लोस्थित Kringsjå खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा हिमालयन भाइकिङ्सलाई पराजित गर्दै जेएसएस नर्वेले यस वर्षको प्रतिष्ठित उपाधि चुम्न सफल भएको हो । प्रतियोगिताको शुभारम्भ बिहान ८ […]

नर्वे (ओस्लो) — गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा राजधानी ओस्लोको Vallhall Arena मैदानमा आयोजित ऐभरेस्ट कप फुटबस २०२५ भव्य रूपमा सम्पन्न भएको छ । एभरेस्ट कप फुटबल एनआरएनए एनसीसी नर्वेले आयोजना गर्ने वार्षिक फुटबल प्रतियोगिता हो । २००८ मा नर्वेको ओसमा चट्याङ बाट निधन भएका नेपाली विद्यार्थी कञ्चन कार्कीको स्मृतिमा हरेक बर्ष एनआरएनए एनसीसी […]