Home Login
नर्वे

नर्वेमा सडक दुर्घटनामा स्याङ्जाका विष्णु प्रसाद पाण्डेको निधन

ओस्लो, नर्वे —  स्याङ्जा जिल्ला, कालिगण्डकी गाउँपालिका वडा नं. ३, विर्घा भुष्टुङ गाउँका विष्णु प्रसाद पाण्डेको नर्वेको राजधानी ओस्लोस्थित कालबक्केन क्षेत्रमा भएको एक सडक दुर्घटनामा परी दुःखद निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार, परिवारजनको इच्छाबमोजिम दिवङ्गत पाण्डेको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि स्वदेश नेपाल लैजाने तयारी गरिएको छ । यसका लागि लाग्ने अनुमानित खर्च करिब ६१ हजार नर्वेजियन क्रोनर (NOK) रहेको बताइएको छ ।

यस दुःखद घडीमा पाण्डेको शवलाई नेपाल पठाउने कार्यमा आर्थिक सहयोग जुटाउन गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) नर्वेले एक सहयोग सङ्कलन अभियानको पहल गरेको छ । एनआरएनए नर्वेले एक विज्ञप्ति जारी गर्दै यस मानवीय कार्यमा सहयोग गर्न नर्वेमा रहनुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक अपिल गरेको छ ।

सहयोग गर्न चाहनेहरूले आफ्नो योगदान सिधै निम्न बैंक खातामा जम्मा गर्न सक्नेछन् : बैंक खाता नम्बर: 15037233096 एनआरएनए नर्वेले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । साथै, यस कठिन परिस्थितिमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी कामना गरेको छ ।

यो सहयोग अभियानले प्रवासमा आइपर्ने यस्ता दुःखद घटनाहरूमा नेपाली समुदायबीचको एकता र भाइचाराको भावनालाई पुनः एकपटक दर्शाएको छ ।

Leave a Reply