Home Login
नर्वे

ओस्लोमा श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न

नर्वे — नेपालमा भएको दुखद घटनाप्रति ऐक्यबद्धता जनाउँदै एनआरएनए एनसीसी नर्वेको आह्वानमा नर्वेको संसद भवन अगाडि श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न भएको छ ।

नर्वेको राजधानी ओस्लो आसपासमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा, भदौ २३ गते (सेप्टेम्बर ८, २०२५) मा जेनजीद्वारा आयोजित विरोध सभामा अकालमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले मैनबत्ती बाली दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै न्याय र उत्तरदायित्वको माग गरेका थिए ।

Leave a Reply