Home Login

लिस्बन — लिस्बनस्थित नेपाली राजदूतावासले राहदानी आवेदन दिएका सेवाग्राहीहरूका लागि बुधबार एक महत्त्वपूर्ण सूचना जारी गर्दै नयाँ राहदानी बुझिलिन अनुरोध गरेको छ । दूतावासले पेरिसबाट तयार भएर आएका राहदानीहरू अब वितरणका लागि तयार अवस्थामा रहेको जानकारी गराएको हो । दूतावासले सम्बन्धित आवेदकहरूलाई कार्यालय खुलेको दिन दिउँसो २ बजे उपस्थित भई आफ्नो राहदानी बुझिलिन आग्रह गरेको […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली दूतावासले यहाँको चर्चित पर्यटकीय टापु मदेइरामा रहेका नेपालीहरूलाई लक्षित गर्दै दुई दिने विशेष ‘कन्सुलर’ सेवा शिविर सम्पन्न गरेको छ । राजधानी लिस्बनबाट भौगोलिक रूपमा टाढा रहेको मदेइरा टापुमै पुगेर दूतावासले राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवाहरू घरदैलोमै उपलब्ध गराएको हो । पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलको नेतृत्वमा गएको […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलस्थित नेपाली दूतावासले यहाँको प्रमुख पर्यटकीय गन्तव्य मानिने सामुद्रिक टापु ‘मदेइरा’मा रहेका नेपालीहरूलाई लक्षित गर्दै राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी विशेष ‘कन्सुलर’ सेवा प्रवाह सुरु गरेको छ । राजधानी लिस्बनबाट भौगोलिक रूपमा टाढा रहेको र आवागमनमा समेत कठिनाइ हुने उक्त क्षेत्रका नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले दूतावासले घरदैलोमै पुगेर सरकारी सेवा उपलब्ध गराएको […]

लिस्बन (पोर्चुगल) — लिस्बनस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै आगामी डिसेम्बर महिनामा पर्ने स्थानीय सार्वजनिक बिदाको अवसरमा राजदूतावासको सेवा बन्द रहने जानकारी गराएको छ । राजदूतावासले प्रकाशित गरेको सूचना अनुसार, विसं २०८२ साल मङ्सिर २२ गते (तदनुसार ८ डिसेम्बर २०२५, सोमबार) का दिन राजदूतावास बन्द रहनेछ । उक्त दिन पोर्चुगलको राष्ट्रिय पर्व तथा सार्वजनिक […]

लिस्बन (पोर्चुगल)  — पोर्चुगलस्थित नेपाली राजदूतावासले मदेइरामा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न विशेष घुम्ति शिविर सञ्चालन गर्ने भएको छ । राजदूतावासले आज (बुधबार) एक सूचना जारी गर्दै आगामी डिसेम्बर ६ र ७ (शनिबार र आइतबार) का दिन मदेरामा शिविर सञ्चालन हुने जानकारी गराएको हो । दूतावासका अनुसार, मदेरामा […]

पोर्चुगल —  पोर्चुगलस्थित नेपाली राजदूतावासले मदेरा (Madeira) मा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गर्दै राहदानी नवीकरण तथा अन्य कन्सुलर सेवाहरू प्रदान गर्न दुई दिने ‘घुम्ती शिविर’ सञ्चालन गर्ने भएको छ । दूतावासले एक सूचना जारी गर्दै राहदानीको म्याद सकिएका, बिग्रिएका वा म्याद ६ महिनाभन्दा कम बाँकी रहेका नेपाली नागरिकहरूलाई पायक पर्ने स्थानमै गएर सेवा प्रवाह […]

पोर्चुगल — पोर्चुगलस्थित नेपाली राजदूतावास, लिस्बनले दूतावासमा विभिन्न कामका लागि आउने सेवाग्राहीहरूको सुविधा र कार्यसम्पादनमा सहजता ल्याउनका लागि केही महत्वपूर्ण नियमहरू पालना गर्न अनुरोध गरेको छ । दूतावासले जारी गरेको सूचनामा सेवा लिन आउनुअघि गर्नुपर्ने तयारी र पालना गर्नुपर्ने समयतालिकाबारे विस्तृत जानकारी दिइएको छ । दूतावासले राहदानी फाराम भर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ […]

पोर्चुगल — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गरेको छ । राजदूतावासले एक सूचना जारी गर्दै आगामी डिसेम्बर महिनाको पहिलो दुई साताका लागि अपोइन्टमेन्ट बुकिङ खुला गरेको जानकारी दिएको हो । राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेका आवेदकहरूलाई लक्षित गर्दै यो आवेदन खुला गरिएको […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलस्थित नेपाली राजदूतावासले आगामी सोमबार (डिसेम्बर १) सार्वजनिक बिदा दिने घोषणा गरेको छ । राजदूतावासले शुक्रबार (२८ नोभेम्बर) एक सूचना प्रकाशित गर्दै सो जानकारी गराएको हो । बिदाको कारण र मिति दूतावासद्वारा जारी सूचना अनुसार, पोर्चुगलको राष्ट्रिय पर्व ‘Restoration of Independence Day’(स्वतन्त्रता पुनर्स्थापना दिवस) को उपलक्ष्यमा बिदा दिइएको हो । सेवा प्रवाह […]

पोर्चुगल (लिस्बन) — नेपाली राजदूतावास लिस्बनले संविधान दिवस तथा राष्ट्रिय दिवस-२०८२ को अवसरमा आयोजना गरेको लेख/रचना लेखन प्रतियोगिताको नतिजा आज सार्वजनिक गरेको छ । दूतावासले ‘नेपालको आर्थिक विकासमा पोर्चुगलबासी नेपालीको भूमिका र अवसरहरु’ विषयक खुल्ला लेख लेखन प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पोर्चुगलको पोन्टे डे सोर मा बसोबास गर्दै आएका प्रशान्त श्रेष्ठ प्रथम […]