Home Login
नेपाली राजदूतावास लिस्बन

राजदूत पौडेलद्वारा जापानका नवनियुक्त राजदूतहरूसँग शिष्टाचार भेटवार्ता

लिस्बन (पोर्चुगल) — पोर्चुगलका लागि नेपाली राजदूत महामहिम प्रकाशमणि पौडेल र पोर्चुगलका लागि नवनियुक्त जापानी राजदूत महामहिम नोबुताका सिनोमियाबीच द्विपक्षीय शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । सन् २०२६ जनवरी १५ का दिन लिस्बनस्थित नेपाली राजदूतावासमा भएको सौहार्द्रपूर्ण भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।

भेटका क्रममा दुवै महामहिमहरूले आ–आफ्नो राजदूतावासका गतिविधिहरूका बारेमा जानकारी गराउँदै आगामी दिनमा कसरी आपसी सहयोग आदानप्रदान गर्न सकिन्छ भन्ने विषयमा विचार विमर्श गर्नुभयो । विशेष गरी पोर्चुगलमा रहेका दुई कूटनीतिक नियोगहरूबीच अनुभव साटासाट गर्ने र सहकार्यलाई थप बलियो बनाउने विषयमा छलफल केन्द्रित रहेको थियो । यस्ता भेटघाटले दुई मित्रराष्ट्रबीचको परम्परागत सम्बन्धलाई थप उचाइमा पुर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

त्यस्तै केही समयअघि मात्र पोर्चुगलका लागि नवनियुक्त पाकिस्तानी राजदूत महामहिम हुमैरा हसनले पनि नेपाली राजदूतावासमा पुगी राजदूत पौडेलसँग शिष्टाचार भेट गर्नुभएको थियो । उक्त भेटमा पनि दुई देशका राजदूतहरूबीच द्विपक्षीय हित तथा कूटनीतिक सम्बन्ध सुदृढीकरणका विविध पक्षमा सौहार्द्रपूर्ण कुराकानी भएको थियो । पोर्चुगलमा रहेका विभिन्न मित्रराष्ट्रका कूटनीतिक प्रमुखहरूसँगको यी निरन्तर भेटघाटले आपसी सद्भाव र कूटनीतिक सञ्जाल विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply