Home Login

इटली – चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरीले आफ्नो सांगीतिक यात्रालाई युरोपसम्म विस्तार गर्ने भएका छन् । उनले ‘रमाइलो युरोप टुर’ नामक सांगीतिक कार्यक्रममार्फत युरोपका विभिन्न देशमा रहेका नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गर्ने भएका हुन् । यो सांगीतिक भ्रमणमा उनको साथमा चर्चित मोडल ओबी रायमाझी पनि रहनेछन् । गायक सेन्चुरीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल […]

फिनल्यान्ड —  युरोपेली राष्ट्र फिनल्यान्डमा मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न भएको आशंकामा एक नेपाली नागरिक पक्राउ परेका छन् । फिनल्यान्डको काइनु जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि हिरासतमा राख्न आदेश दिएको छ । पक्राउ पर्ने व्यक्ति ४२ वर्षीय नेपाली भाषी पुरुष भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । के हो आरोप ? ती व्यक्तिमाथि अवैध रूपमा […]

फ्रान्स — युरोपेली संसदले मंगलबार एक महत्वपूर्ण कानून पारित गर्दै युरोपेली संघको सुरक्षामा खतरा उत्पन्न गराउने वा गम्भीर मानव अधिकार उल्लङ्घन गर्ने देशहरूका लागि भिसा-मुक्त यात्राको सुविधा रद्द गर्न सजिलो बनाएको छ । यो नयाँ नियमले युरोपेली संघ लाई आफ्नो भिसा नीतिलाई थप सुदृढ बनाउन र सदस्य राष्ट्रहरूको सुरक्षा सुनिश्चित गर्न बलियो अधिकार प्रदान गरेको […]

पोर्चुगल (लिस्बन)  — युरोपेली मुलुक पोर्चुगल लगायत युरोपका अधिकांश देशहरूमा वर्षमा दुई पटक घडीको समय परिवर्तन हुने गर्दछ । यो परिवर्तनलाई ‘डेलाइट सेभिङ टाइम’ (DST) को रूपमा चिनिन्छ र यसको मुख्य उद्देश्य दिनको उज्यालोको अधिकतम उपयोग गर्नु हो । युरोपेली नियम अनुसार, यहाँका देशहरूमा समय एक वर्षमा दुई पटक परिवर्तन हुन्छ : १. वसन्त ऋतुमा […]

विप्लव काफ्ले, स्पेन — कोष्टाव्लाङ्काको बेनिड्रोममा दसैँको दिन नेपालीहरु छमछमी नाचेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाली समाज एशोसियसन कोष्टाव्लाङ्काले आयोजना गरेको बडा दसैँ विशेष सांस्कृतिक कार्यक्रममा नेपालीहरु रमाएका हुन् । गायक तुलसी शिवाकोटीले गाउँ घरको सम्झनाले मनै रुवायो भन्दै दसै आयो- तिहार आयो गीत गाएर माहोल तताए । यस्तो मौका जुर्दैन बेला […]

पोर्चुगल —  संयुक्त राष्ट्रसङ्घको महासभामा इजरायल–प्यालेस्टाइन द्वन्द्वबारे हुने प्रमुख बहसको एक हप्ताअघि बेलायत र पोर्चुगलले आइतबार प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिने घोषणा गर्ने भएका छन् । सन् २०२३ मा हमासद्वारा इजरायलमाथि भएको आक्रमणपछि इजरायलले गाजामाथि तीव्र आक्रमण चलाएको थियो । यसका कारण लामो समयदेखि इजरायलका सहयोगी रहँदै आएका धेरै राष्ट्रहरू हालै आफ्ना नीतिमा परिवर्तन गर्न […]

लिस्बन — सन् २०२५ अक्टोबर १२ देखि पोर्चुगल सहित सम्पूर्ण युरोपेली शेंगेन देशहरूमा यात्रा गर्ने गैर-युरोपेली नागरिकहरूका लागि एक महत्वपूर्ण नयाँ नियम लागू हुने भएको छ । युरोपेली संघले लामो समयदेखि तयारी गरिरहेको प्रवेश/निकास प्रणाली (Entry/Exit System – EES) नामक यो स्वचालित सीमा नियन्त्रण प्रणालीले परम्परागत रूपमा पासपोर्टमा स्ट्याम्प लगाउने प्रक्रियालाई पूर्ण रूपमा विस्थापित गर्नेछ […]

युरोपेली संघ (इयू)ले नेपालमा जारी प्रदर्शनका क्रममा भएको हिंसा र मृत्यु घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । इयूले वक्तव्यमा भनेको छ, “नेपालमा जारी प्रदर्शनका क्रममा भएका हत्या र हिंसात्मक घटनाले हामीलाई दुःखी बनाएको छ । यी घटनाहरूको स्वतन्त्र छानबिन हुन आवश्यक छ ।” ईयूले संयम अपनाउन आह्वान गर्दै भनेको छ, “जीवन रक्षाका लागि आवश्यक […]

इटली — अमेरिकाको नयाँ भन्सार नियमका कारण युरोपका धेरै पोस्ट सेवाहरूले अमेरिका पठाइने धेरैजसो पार्सल सेवा स्थगित गरेका छन् । जर्मनीको ठूला पोस्ट तथा ढुवानी कम्पनी डिएचएल ग्रुपले शुक्रबार घोषणा गर्दै निजी र व्यावसायिक सामानहरू अमेरिकातर्फ पोस्टमार्फत पठाउने सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ । यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना हस्ताक्षर […]

स्पेन —  हाल युरोपको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले  समृद्ध नेपाल बनाउन नीति र नेतृत्वमा पनि व्यापक परिवर्तन आवश्यक रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काद्वारा  शुक्रबार संयुक्त रुपमा आयोजित भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै  घिसिङले नेपालको समग्र रुपान्तरणका लागि  सही राजनीतिक नेतृत्व […]