Home Login

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा यतिबेला राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । लामो समयदेखि सत्तामा रहेका वर्तमान राष्ट्रपति मार्सेलो रेबेलो डि सुसाको कार्यकाल सकिन लागेसँगै मुलुकले नयाँ अभिभावक खोजिरहेको छ । यही आउँदो आइतबार, अर्थात् २०२६ जनवरी १८ तारिखका दिन पोर्चुगलमा नयाँ राष्ट्रपतिको चयनका लागि मतदान हुँदैछ । वर्तमान संविधान अनुसार कुनै पनि व्यक्तिले लगातार […]

म्याड्रिड (स्पेन) — स्पेनमा बस्ने आप्रवासी तथा स्थानीय नागरिकहरूका लागि आवासको समस्या टाउको दुखाइको विषय बनिरहेका बेला, स्पेन सरकारले घरभाडा नियन्त्रण गर्न ऐतिहासिक र कडा कदम चाल्ने भएको छ । पछिल्लो एक दशकमा दोब्बरले बढेको घरभाडा र आवास अभावलाई सम्बोधन गर्न सरकारले आगामी हप्ता विशेष आदेश जारी गर्ने तयारी गरेको छ । पछिल्ला वर्षहरूमा स्पेनमा […]

टोकियो – वैदेशिक अध्ययनका सिलसिलामा जापानमा रहेका एक नेपाली युवाको असामयिक निधन भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका-३ स्थायी घर भई हाल जापानको फुकुओकामा बस्दै आएका २३ वर्षीय निरज बिष्टको निधन भएको हो । प्राप्त जानकारी अनुसार, बिष्टको निधन जनवरी ११, २०२६ (आइतबार) राति भएको हो । उनी कामबाट कोठामा फर्किएर खाना खाई सुतेका थिए […]

सिड्नी (अष्ट्रेलिया) —  सुनौलो भविष्यको सपना बोकेर उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीहरूको नियति पछिल्लो समय निकै कहालीलाग्दो बन्दै गएको छ । अष्ट्रेलियाको सिड्नी शहरबाट मात्रै पछिल्लो एक महिनाको छोटो अवधिमा १० जना नेपाली विद्यार्थीको शव नेपाल पठाइएको तथ्य सार्वजनिक भएपछि सिङ्गो नेपाली समुदाय गहिरो शोक, चिन्ता र आक्रोशमा डुबेको छ । यो तथ्यांकले […]

लिस्बन (पोर्चुगल) — शनिबारको अपराह्न जब लिस्बन विमानस्थलमा १५ जना युक्रेनी आमा र १८ जना बालबालिकाहरूको समूह अवतरण भयो, त्यहाँको वातावरणमा एक किसिमको मिश्रित भाव थियो । लामो युद्धको थकान र नयाँ ठाउँको राहत उनीहरूको अनुहारमा स्पष्ट देखिन्थ्यो । रुससँगको जारी युद्धमा आफ्ना पति, बुबा वा आफन्त गुमाएका वा बेपत्ता भएका यी परिवारहरू तीन साताका […]

स्पेन — ‘ब्ल्याक एक्स’ भनेर चिनिने अन्तर्राष्ट्रिय अपराधिक गिरोहका ३४ जना पक्राउ परेका छन् । स्पेनको राष्ट्रिय प्रहरीले युरोपोल र जर्मनीको बाभेरियन राज्य प्रहरीसँग चलाएको देशव्यापी अभियानमा गिरोहमा संलग्न भएकाहरु समातिएका हुन् । सेभिलमा २८ जना, म्याड्रिडमा ३ जना, मालागामा २ जना र बार्सिलोनामा १ जना पक्राउ परेका हुन् । व्ल्याक एक्सको उत्पत्ति नाइजेरियामा भएको […]

स्पेन — स्पेनको भ्यालेन्सीयाको अल्जिरामा कामबाट फर्किने क्रममा नेपाली सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि १३ जना नेपाली, २ जना पाकिस्तानी घाइते बनेका छन् । घाइतेमध्ये १ जनाको हात र ढाडमा गम्भीर चोट लागेको छ । अन्य ४ जना मध्यम तथा अरु सामान्य घाइते भएका छन् । टस अल्बेरीकमा बस्दै आएका नेपालीहरुलाई पाकिस्तानीले […]

पोर्चुगल (लिस्बन) —  पोर्चुगलको खाद्य तथा आर्थिक सुरक्षा प्राधिकरण (ASAE) ले हालै गरेको एक व्यापक बजार अनुगमन तथा निरीक्षणका क्रममा ‘क्यानाबिस स्याटिभा’ मिसिएका ठूलो परिमाणका खाद्य उत्पादनहरू नियन्त्रणमा लिएको छ । जनस्वास्थ्य र उपभोक्ता सुरक्षामा गम्भीर जोखिम निम्त्याउन सक्ने भन्दै प्राधिकरणले ३ हजा ५ सय भन्दा बढी त्यस्ता वस्तुहरू जफत गर्नुका साथै नियम उल्लंघन गर्ने […]

लिस्बन — पोर्चुगलमा रहेका नेपाली समुदायको सुविधालाई ध्यानमा राख्दै, नेपाली राजदूतावास लिस्बनले देशको उत्तरी सहर पोर्टोमा विशेष कन्सुलर घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनभन्दा टाढा रहेका सेवाग्राहीहरूलाई सहज रूपमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणको सेवा प्रदान गर्ने उद्देश्यले आगामी जनवरी २४ र २५ तारिख (सन् २०२६) मा यो शिविर आयोजना गर्न लागिएको […]

लिस्बन — पोर्चुगलको राजधानी लिस्बनमा लामो समयदेखि नेपाली स्वाद र परिकारका लागि चर्चित ‘गोल्डेन गेट’ नेपाली रेस्टुरेन्टले आफ्नो व्यावसायिक दायरा फराकिलो बनाएको छ । नेपाली समुदायमाझ लोकप्रिय रहेको यो रेस्टुरेन्टले अब पोर्चुगिज परिकारमा केन्द्रित हुँदै आफ्नो नयाँ शाखाको रूपमा ‘चुरास्केइरा साभोर लिस्बोआ रेस्टुरेन्ट’ (Churrasqueira sabor Lisboa) सञ्चालनमा ल्याएको हो । सञ्चालक प्रेम खड्काका अनुसार, यो […]