Home Login
प्रवास

स्पेनमा ‘ब्ल्याक एक्स’ का ३४ जना समातिए

स्पेन — ‘ब्ल्याक एक्स’ भनेर चिनिने अन्तर्राष्ट्रिय अपराधिक गिरोहका ३४ जना पक्राउ परेका छन् ।

स्पेनको राष्ट्रिय प्रहरीले युरोपोल र जर्मनीको बाभेरियन राज्य प्रहरीसँग चलाएको देशव्यापी अभियानमा गिरोहमा संलग्न भएकाहरु समातिएका हुन् । सेभिलमा २८ जना, म्याड्रिडमा ३ जना, मालागामा २ जना र बार्सिलोनामा १ जना पक्राउ परेका हुन् ।

व्ल्याक एक्सको उत्पत्ति नाइजेरियामा भएको थियो ।  यो समूह दर्जनौं देशहरूमा छ । पक्राउ परेका संदिग्धहरूको मुख्य समूहमा नाइजेरियाली राष्ट्रियताका १० व्यक्तिहरू रहेको युरोपोलले विज्ञप्तिमा जनाएको छ ।

ब्ल्याक एक्स आपराधिक सञ्जालले साइबर-सक्षम ठगी, लागूपदार्थको तस्करी, मानव बेचबिखन र वेश्यावृत्ति, अपहरण, सशस्त्र डकैती र ‘ठगीपूर्ण आध्यात्मिक अभ्यासहरू’ सहित विभिन्न प्रकारका आपराधिक गतिविधिहरूमा संलग्नता हुने गरेको छ ।

Leave a Reply