Home Login
प्रवास

अध्ययनका लागि जापान पुगेका २३ वर्षीय विष्ट सुतेकै ठाउँमा मृत फेला

टोकियो – वैदेशिक अध्ययनका सिलसिलामा जापानमा रहेका एक नेपाली युवाको असामयिक निधन भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका-३ स्थायी घर भई हाल जापानको फुकुओकामा बस्दै आएका २३ वर्षीय निरज बिष्टको निधन भएको हो ।

प्राप्त जानकारी अनुसार, बिष्टको निधन जनवरी ११, २०२६ (आइतबार) राति भएको हो । उनी कामबाट कोठामा फर्किएर खाना खाई सुतेका थिए । भोलिपल्ट बिहान अबेरसम्म पनि नउठेपछि साथीहरूले हेर्दा उनी ओछ्यानमै मृत अवस्थामा फेला परेका थिए ।

सुदूरपश्चिमेली नेपाली समाज जापानका अनुसार, मृतक बिष्ट उच्च शिक्षा हासिल गर्ने उद्देश्यले जापान आएको करिब एक वर्ष मात्र भएको थियो । कलिलो उमेरमै परदेशमा भएको यो अकल्पनीय घटनाले जापानस्थित नेपाली समुदाय र विशेष गरी सुदूरपश्चिमेली समाज स्तब्ध बनेको छ ।

मृत्युको खबरले मृतकको परिवार र आफन्तजन गहिरो शोकमा डुबेका छन् । सुदूरपश्चिमेली नेपाली समाज जापानले एक विज्ञप्ति जारी गर्दै यस दुःखद घडीमा मृतकको आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनी हार्दिक समवेदना प्रकट गरेको छ । बिष्टको निधनको कारणबारे विस्तृत विवरण (पोस्टमार्टम रिपोर्ट आदि) भने आउन बाँकी छ ।

Leave a Reply