Home Login

वारसा, पोल्यान्ड —  युरोपेली मुलुक पोल्यान्डमा बसोबास गर्ने नेपाली समुदायबीच लोकप्रिय मानिने ‘राजा वीरेन्द्र स्मृति कप’ फुटबल प्रतियोगिताको सातौँ संस्करण आयोजना हुने भएको छ । पोल्यान्डमा सक्रिय नेपाली युवाहरूको क्लब ‘द ब्रदरहुड’ को आयोजनामा स्व. राजा वीरेन्द्रको सम्झनामा यो एक दिवसीय प्रतियोगिता हुन लागेको हो । प्रवासमा रहेर पनि खेलकुदका माध्यमबाट आपसी भाइचारा र एकता […]

पोर्चुगल — पोर्चुगलको संसदले हालै नागरिकता कानूनमा कडा परिवर्तन गर्ने प्रस्ताव पारित गरेपछि आप्रवासी समुदायमा ठूलो हलचल मच्चिएको थियो । तर, सोसलिस्ट पार्टी (PS) को हस्तक्षेपपछि यो प्रक्रियामा “ब्रेक” लागेको छ, जसले हजारौं आप्रवासीलाई तत्कालका लागि राहत दिएको छ । अक्टोबर २८ मा संसदले अनुमोदन गरेको र नोभेम्बर १३ मा संवैधानिक अदालतमा पठाइएको यो कानूनको […]

वासिङ्टन डिसी — विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डो मंगलबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ह्वाइट हाउसमा आयोजित विशेष रात्रिभोजमा सहभागी भएका छन् । आफ्नी पार्टनर जर्जिना रोड्रिगेजसँगै पुगेका पोर्चुगिज स्टार रोनाल्डो, धेरै उच्च-प्रोफाइल राजनीतिक व्यक्तित्वहरूको उपस्थितिको बाबजुद कार्यक्रमको मुख्य आकर्षणको केन्द्रविन्दु बने । स्टारहरूसँगको भाइरल सेल्फी ह्वाइट हाउसको वेस्ट रुममा आयोजित यस कार्यक्रमको सबैभन्दा […]

वार्सा — पोल्यान्डको राजधानी वार्सामा मङ्गलबार बिहान दुई ट्राम र एउटा बस आपसमा ठोकिँदा २३ जना घाइते भएका छन् । दुर्घटना स्थानीय समय अनुसार बिहान ७ः५० बजे सोलिड्यारिटी एभिन्युमा, म्युजियम अफ इन्डिपेन्डेन्स नजिक बैङ्क स्क्वायर र ओल्ड टाउनको बीचभागमा भएको हो । ट्राम लाइन ४ ले बस लाइन १६० लाई ठोक्किएपछि बस अर्को टेक्निकल रनमा […]

वासिङ्टन डिसी — पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका कप्तान तथा विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आज संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । ह्वाइट हाउसका ‘एमएसनाउ’ (MSNOW – पहिलेको MSNBC) संवाददाता जेक ट्रेलरले दिएको जानकारी अनुसार, यो भेटवार्ता आज वासिङ्टनमा हुने तय भएको छ । अमेरिकी प्रेसका अनुसार, यो भेट वासिङ्टनको […]

माल्टा — चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र लोकप्रिय मोडल ओबी रायमाझीले आफ्नो सांगीतिक प्रस्तुति युरोपसम्म विस्तार गर्ने भएका छन् । ‘हाम्रो संस्कृति हाम्रो शान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको ‘रमाइलो युरोप टुर’ मार्फत उनीहरूले युरोपमा रहेका नेपाली दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्ने भएका हुन् । ‘बीबी इभेन्ट’ ले पहिलो पटक आयोजना […]

मोन्तिजो, पोर्चुगल — पोर्चुगलको मोन्तिजो शहरमा आइतबार दिउँसो एक रेस्टुरेन्टमा भएको अन्धाधुन्ध गोली प्रहारमा परी दुई जनाको मृत्यु भएको छ । मृतकहरू ६० वर्षीय बुबा र उनका २२ वर्षीय छोरा रहेको पहिचान खुलेको छ । प्रहरीका अनुसार, घटनापछि संदिग्ध व्यक्ति घटनास्थलबाट भागेका छन् र उनको खोजी कार्य तीव्र पारिएको छ । यो डरलाग्दो घटना मोन्तिजोको […]

फारो, पोर्चुगल — पोर्चुगलको दक्षिणी अल्गार्वे क्षेत्रमा शनिबार आएको भीषण र अप्रत्याशित हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । नागरिक सुरक्षाका अनुसार, यस प्राकृतिक प्रकोपमा परी एक ८५ वर्षीय बेलायती नागरिकको मृत्यु भएको छ भने कम्तीमा २८ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनालाई फारो अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये एक जनाको अवस्था […]

कुवेत — “सकिन्छ राम्रो गरौँ, सकिँदैन नराम्रो नगरौँ”भन्ने मूल नाराका साथ युवा शक्ति कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।अधिवेशन युवा शक्ति कुवेतका अध्यक्ष महेस लामाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली दूतावास कुवेतका द्वितीय सचिव शिव बानियाँ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने भातृ–संगठनका प्रतिनिधिहरू विशेष अतिथि तथा  मिडियाकर्मी तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति […]

पोर्चुगल — पोर्चुगलको सान्ता क्रुज, पोवा दे पेनाफिर्म क्षेत्रमा बस्दै आउनुभएका नेपाली युवा रोशन थपलिया एक भिषण आगलागीको घटनामा पर्नुभएको छ । हालै उहाँ बस्दै आएको निवासमा भएको उक्त दुःखद आगलागीका कारण उहाँको घर तथा सम्पूर्ण सरसामान जलेर पूर्णरूपमा नष्ट भएको छ । यस आकस्मिक घटनाले थपलियाको जीवनमा ठूलो सङ्कट ल्याइदिएको छ । प्राप्त जानकारी […]