Home Login

पोर्चुगल — गैरआवासीय नेपाली संघको १६ औं यूरोप क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं यूरोप क्षेत्रीय सम्मेलन आगामी मार्च २८ देखि ३० सम्म माल्टाको एक्स ओडिवाइसी होटलमा आयोजना हुन गइरहेको छ। गैरआवासीय नेपाली संघका माल्टाको अध्यक्ष रेम्स खनालका अनुसार सम्मेलनमा भाग लिन आउने प्रतिनिधिहरु माल्टा उत्रिन […]

काजाब्लांका क्यासेल्लो ,बेल्जियम — गैर आवासीय नेपाली संघका अग्रजलअभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले एकता महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन् । एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका संयोजक डा.शेष घले तथा समितिका सदस्यहरूसँग हिजो आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै शर्माले एकता महाधिवेशनलाई सफल पार्न सक्दो सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई आग्रह पनि गरे। केही समय […]

युएई – नेपाल सेफ सोसाइटी युएईको अध्यक्षमा विश्वप्रतिष्ठित नेपाली पेस्ट्री एवम् बेकरी सेफ ह्युमन प्रसाद लिम्बु चयन भएका छन् । सोमबार दुबईमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीको विशेष उपस्थितिमा सम्पन्न भेलाले निवर्तमान अध्यक्ष उद्धव श्रेष्ठको बिदाई सम्मान तथा नवनियुक्त अध्यक्ष लिम्बु लगाएत नयाँ कार्यसमिति सदस्यहरुलाई भव्य स्वागत गरिएको थियो । कार्यक्रममा केन्द्रीय अध्यक्ष […]

माल्टा — नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित रहेको चलचित्र ‘अञ्जिला’ युरोपियन मुलुक माल्टामा समेत प्रदर्शन हुने भएको छ। मुन लभ इन्टरटेनमेन्ट प्रा. लि.ले प्रदर्शनमा ल्याएको चलचित्रलाई माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन गर्न लागेको हो। माल्टास्थित इडेन सिनेमासमा प्रदर्शन हुन लागेको चलचित्र शनिबार र आइतबार गरी दुई […]

दुबई — ‘नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव’ भन्ने नाराका साथ आउँदो २० अप्रिल २०२५ का दिन क्रिक पार्क दुबईमा नेपाल फेस्टिवलको हुने भएको छ । नेपाली राजदूतावास आबुधावीको संरक्षकत्व तथा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका र नेपाली समाज यूएई, नेपाल आदीवासी जनजाती महासंघ यूएई, नेपाल पत्रकार महासंघ, यूएई शाखा, क्रियासिल बिभिन्न […]

पोर्चुगल —  साविक विजेता स्पेन यूईएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पेनाल्टी सुटआउटमा नेदरल्यान्ड्सलाई ५-४ गोलअन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो । यसअघि यी दुईबीचको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा पनि ३–३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो र स्पेनले […]

पोर्चुगल —  पोर्चुगल युइएफए नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा डेनमार्कमाथि ५-२ गोलअन्तरको सानदार जित दर्ता गर्दै पोर्चुगलले अन्तिम चारमा स्थान पक्का गरेको हो । आफ्नै मैदानमा भएको खेलमा पोर्चुगल निकै हाबी बनेको थियो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोसहित फ्रान्सिस्को, गोन्कालो रामोसले एकएक गोल गरेका थिए भने एक […]

इटाली —  गैर आवासीय नेपाली संघ (एनआरएन) इटालीकाअध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउनएनआरएनए उच्चस्तरीय समितिले  खोलेको वेबसाइटमागएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन्। सर्वोच्च अदालतको पटक पटकको निर्देशन अवज्ञा गर्दै  बद्री केसी पक्षले  सदस्यता सूचना प्रणाली (एमआइएस) मा पहुँच नदिएपछि उच्चस्तरीय समितिले  आफ्नै  वेबसाइट (www.nrnahlc.com) खोलेर निशुल्क सदस्यता वितरणसुरु गरेको छ।   “अहिलेको एमआइएस प्रणालीमा […]

जापान। धादिङ जिल्ला जन्मथलो भई रोजगार तथा अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूको छाता संस्था, धादिङ समाज जापानको छैटौँ अधिवेशन आइतवार मार्च २३ तारिख टोकियो सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको मुरा हलमा सम्पन्न भएको छ। साथै छैटौँ अधिवेशनले बिमल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। श्रेष्ठको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिजय सडौला, उपाध्यक्षहरुमा […]

बेल्जियम — पछिल्लो समयको चर्चित लोकदोहोरीका गायक  पशुपति शर्मा नेपाली नयाँ वर्ष २०८२ मनाउनको लागि युरोपको विभिन्न देश आउने भएका छन्। फिनल्यान्डमा रहेको चौतारी इभेन्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रम अप्रिल ५ देखि सुरु भई अप्रिल २७ सम्म उनको युरोप यात्रा रहने भएको छ। शर्माको युरोपमा पहिलो कार्यक्रम फिनल्यान्डमा अप्रिल ५ तारिख हुने भएको छ। शर्मा […]