Home Login

पोर्चुगल — आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायहरुले नेपालीहरूको नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान साथै नेवारहरूको चाड बिस्का जात्रा मनाउने भएका छन्। लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार नेवारहरूको चाड बिस्का जात्रा मनाउने भएको हो। पोर्तुगलमा दोस्रो पटक आयोजना गर्न लागेको गतसालको कार्यक्रमलाई निरन्तरता दिदै नेपाली नयाँ […]

पुस्तक रेग्मी । पोर्चुगल — बाग्लुङ समाज पोर्चुगल र गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन्तेजोको आयोजनामा जम्बु जेइरा दो मार हलामा चर्चित लोकदोहोरी गायक सुर्य खड्का एकल साँझ कार्यक्रम सम्पन्न भएको छ । बाग्लुङ बजार आउका मायालु, गाउँले पाराले, बनमा खयर, ढुङ्गे धारा, घडि, चार बजेको आलाराम, हेराएर चिना, अभागी, दरवार, पञ्चैबाजा मन […]

युएई — अबुधाबीस्थित नेपाली दूतावासले संयुक्त अरब इमिरेट्स (युएई) मा बसोबास गर्ने र काम गर्ने सबै नेपाली नागरिकहरूलाई अनुशासन कायम राख्न, कार्यस्थल नैतिकता पालना गर्न र देशको कानून र नियमहरूको सम्मान गर्न आग्रह गर्दै एक जरुरी सूचना जारी गरेको छ। सूचनामा नेपाली कामदारहरूलाई आफ्नो कार्यस्थलमा व्यावसायिक व्यवहार प्रदर्शन गर्न र सार्वजनिक स्थानमा राम्रो आचरण कायम […]

बेलायत — लन्डनस्थित नेपाली दूतावासले बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई सम्भावित ठगीको शिकार हुनबाट जोगिनका लागि सचेत रहन आव्हान गरेको छ। शुक्रबार साँझ एक वक्तव्य जारी गर्दै दूतावासले बेलायतका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीमाथि विभिन्न एजेन्टहरू मार्फत् ठगी भइरहेको सम्बन्धमा प्रकाशित समाचारहरुबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘नेपाली विद्यार्थीहरू दशकौं देखि बेलायतका विश्वविद्यालय […]

राजसंस्थाको पक्षमा वकालत गर्दै राजा श्री ५ महाराजाधिराज भनी सम्बोधन गरि गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यलाई समर्थन गर्दै ऐक्यवद्धता प्रकट गरेको आरोप लागेको पोर्चुगलका लागि नियुक्त पर्यटन दूत रमेशराज वास्तोलालाई नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडेयायन मन्त्रालयले २४ घण्टाभित्र स्पष्टिकरण दिन आदेश दिएको थियो। एक वर्षअघि मात्रै नेपाल सरकारले […]

अशिम लोप्चन तामाङ । स्पेन — नेपाली जनप्रगतिशील मंच स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र सोसँग सहकार्य गरिरहेको साँस्कृतिक बिभाग प्ला कमुनीतारीयासँग सहकार्य गर्दै नेपाली साँस्कृतिक प्रस्तुतिहरू सहित नेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम नमस्ते बार्सिलोना २०२५ आयोजना गर्ने भएको छ। देशको कला संस्कृति, भेषभुषा, पर्यटन र पर्यावरणको प्रवर्द्धन […]

बेलायत । दुई साताको भ्रमणका लागि नेकपा (एमाले) को प्रतिनिधिसभा सांसद मनबहादुर गुरुङ बेलायत आइपुग्नुभएको छ । कास्की क्षेत्र नं १ बाट निर्वाचित सांसद गुरुङ पारिवारिक र राजनीतिक भेटघाटका लागि शनिबार हिथ्रो एयरपोर्ट आइपुग्नुभएको हो । सांसद गुरुङको साथमा पत्नी खिमकुमारी गुरुङ र जेठी छोरी रोशनी गुरुङ पनि हुनुहुन्छ । उहाँहरुलाई हिथ्रो एयरपोर्टमा बेलायतका सक्रिय […]

काठमाडौं — नेपाल सरकार परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमलाई संबोधन गर्ने क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रविना थापाले गैरआवासीय नेपालीहरूले नेपाल सरकारसँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रीसहित एनआरएनएका पूर्व अध्यक्षसहित अग्रज अभियन्ताहरुको छलफलका क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।”नेपालको कानूनलाई सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि […]

पोर्चुगल — ११५ औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा विश्वभर छरिएर रहेका दिदीबहिनीहरुले अन्तरास्ट्रिय नारी समाज गठन गरेका छन् । शनिबार भर्चुअल मार्फत एक कार्यक्रमको आयोजना गरी औंपचारिक रुपमा समाजको घोषणा गरिएको हो । शनिबार सम्पन्न कार्यक्रमबाट अन्तरास्ट्रीय नारी समाजको अध्यक्ष पदमा पुनम गौतम (पोर्चुगल), महासचिवमा सन्ध्या अर्याल (कतार) र कोषाध्यक्ष पदमा भावना तिमिल्सिना (क्यानडा) बाट […]

रासस — थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीलाई आज स्वदेश फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार गरी आज नेपाल फर्काइएको जानकारी दिएको हो । गत जनवरी २४ मा २० जना नेपालीलाई आकर्षक तलब र रोजगारीको प्रलोभनमा पारी मकाउ पठाउन भारतको नयाँदिल्ली हुँदै थाइल्याण्ड पुर्याइएको थियो । त्यसपछि अलपत्र पारिएका उनीहरूलाई उद्धार गरी नेपाल […]