Home Login

पछिल्लो समयको युवा पुस्ताहरूको चर्चित र्‍यापर चिराग सिंह खड्का उर्फ ५:५५ शुक्रबार पोर्चुगल आइपुगेका छन् । उनी अप्रिल १३ आइतबार हुने सांगीतिक कार्यक्रमका लागि पोर्चुगल आएका हुन् । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्स र पाण्डव इभेन्टको संयुक्त आयोजनामा तयार भएको युरोप टुर कार्यक्रमको लागि उनी शुक्रबार पोर्चुगल आइपुगेका हुन् […]

पोर्चुगल —  पोर्चुगलमा अप्रिल ११ तारिखबाट ब्याटल बोर्न नेशनालिटी कप २०२५  हुने भएको छ । पोर्चुगलको सान्तारेमस्थित सान्तर्म क्रिकेट मैदानमा शुक्रबार अप्रिल ११ देखि १३ तारिख सम्म उक्त नेशनालिटी कप आयोजना हुने भएको हो । ब्याटल बोर्न नेशनालिटी कप २०२५ मा नेपाल सहित पाकिस्तान, भारत, पोर्चुगल, श्रीलङ्का र बंगलादेश लगायतले देशका राष्ट्रिय खेलाडीहरूलाई प्रतिनिधि गर्दै […]

बेल्जियम — बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले बेल्जियमका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो । प्रमाणपत्र पेस गरेपछि बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट मौसूफको सुख, सुस्वास्थ्यका साथै बेल्जियमका जनताको निरन्तर समृद्धिको कामना गरेको […]

पोर्चुगल — लिस्वनस्थित नेपाली राजदूतावासले आगामी बुधवार, अप्रिल १६ तारिख देखि औपचारिक रूपमा सेवा सुचारु गर्ने भएको छ, बुधबार दूतावासले एक सूचना निकाल्दै जानकारी दिएको हो । सूचना अनुसार, बुधवार १६ अप्रिल २०२५ बाट रेस्टेलोस्थित Rua Pero de Alenquer 29, 1400-069, Lisboa, Portugal मा रहेको राजदूतावासको स्थायी ठेगानाबाट कार्य प्रारम्भ गर्न लागिएको हो । यसैबीच, तत्काल […]

डेनमार्क — डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले आफ्नो ओहोदाको प्रमाणपत्र राजालाई बुझाएकी छिन् । डेनमार्कका राजा फ्रेरिक आन्द्रे हेनरिक कृस्चियनलाई तुलाधरले मंगलवार प्रमाणपत्र बुझाएकी हुन् । कृस्चियन्सबोर्ग दरबार कोपनहेगनमा ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाएकी थिइन भने राजाले सन २०१५ मा भूकम्पपछिको नेपाल भ्रमण स्मरण गरेको राजदूतावासले जानकारी दिएको छ […]

स्पेन अशिम, लोप्चन । गायक यम बराल यतिबेला स्पेनको कोस्टाब्लांका क्षेत्रमा नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय कोस्टाब्लाङ्काको संयुक्त आयोजनामा हुने ‘नयाँ वर्ष शुभकामना धमाका’ सांगीतिक कार्यक्रममा भाग लिन आएका छन्। यसअघि, ७ तारिख सोमबार पोर्चुगलको लिस्बनको प्रतिष्ठित ‘रिपब्लिका दा म्यूजिका’ कन्सर्टमा नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेपछि, अब उनले कोस्टाब्लाङ्का क्षेत्रभरि छरिएर बसोबास गरिरहेका नेपालिहरूसँग सांगीतिक […]

बार्सिलोना — नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र प्ला कमुनीतारीया (सांस्कृतिक विभाग) को सहकार्यमा आयोजित नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हिजो आइतबार सम्पन्न भएको छ । विश्वकै चर्चित पर्यटकीय गन्तव्य स्पेनको साग्रदा फामीलीया अगाडि नेपाली झण्डा फराफराउँदै नेपालीहरु दौरा सुरूवाल, ढाका टोपी, भादगाउँले टोपी लगाएर छम छम नाचेका थिए । कार्यक्रममा नौमति पञ्चैबाजाको […]

जर्मन — जर्मनीको सीमा नियन्त्रणले लक्जमबर्ग र जर्मनीलाई नोक्सान पुर्‍याएको लक्जमबर्गका गृहमन्त्री लियोन ग्लोडेनले बताएका छन्। युरएक्टिभसँगको एक अन्तर्वार्तामा, ग्लोडेनको अनुसार, जर्मन सरकारको भनाइ कि चेकले कुनै अवरोध गर्दैन र सुरक्षा कडाई गर्नुपर्छ भन्ने भनाइ गलत छ, जोड दिँदै भने यी नियन्त्रणहरू ‘प्रायः टोकनवाद’ हुन्। मन्त्रीका अनुसार, यो उपायले युरोपको सीमाविहीन शेन्जेन क्षेत्रलाई खतरामा पार्छ […]

लिस्बन — सान्ता अपोलोनियालाई रेबोलेरासँग जोड्ने लिस्बन मेट्रोको ब्लू लाइनमा सिग्नलिङमा त्रुटिका कारण बिहान ७ : ५६ बजेदेखि एभेनिडा र टेरेइरो डो पाको स्टेशनहरू बीचको यातायात अवरुद्ध भएको थियो । लिस्बन मेट्रोको सामाजिक सञ्जाल X मा प्रकाशित जानकारी अनुसार, लिस्बन मेट्रोले अवरोधको अवधि भविष्यवाणी गर्न नसक्ने बताएको छ । ब्लू लाइनमा आज दोस्रो पटक अवरोध […]

(चलचित्र पिताम्बर माल्टामा अप्रिल १८ र १९ मा प्रदर्शन हुदै, युरोपको अरु देशहरूमा प्रदर्शन गर्न चाहनेहरूले माल्टामा रहेको मगवर्ट प्रोडक्सनलाई सम्पर्क गर्न आग्रह) माल्टा — नेपालमा चैत्र २९ (अप्रिल ११) शुक्रबार देखि प्रदर्शनमा आउन लागेको चलचित्र पिताम्बर युरोपेली मुलुक माल्टामा अप्रिल १८ र १९ मा प्रदर्शन हुने भएको छ । माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन गर्न […]