Home Login

काठमाडौँ — सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको […]

जापान — जापानको अध्यागमन विभाग (इमिग्रेशन) ले चारजना नेपालीलाई निष्कासन गरेको छ। गैरकानुनी अवैधानिक रूपमा जापानमा बस्दै आएका उनीहरूलाई निष्कासन गरिएको हो। निष्कासनमा पर्नेमा विष्ट, राजभाट, बस्याल र पौडेल थरी रहेको स्रोतले बताएको छ। उनीहरूलाई कोरियन एयरलायन्स र थाइ एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो। उनीहरू यसै साता काठमाडौं आइपुगेको स्रोतको भनाइ छ। जापानको अध्यागमन कानुन […]

युरोप — खेलकुदमा हेर्ने हो भने फुटबल पछि दोस्रो नम्बरमा क्रिकेट आउँछ। पछिल्लो समय क्रिकेट लोकप्रिय बन्दै गइरहेको छ। पुरुष क्रिकेट टोली वरीयतामा हेर्ने हो भने नेपाल १८ औँ स्थानमा देखिन्छ। विश्व खेलकुद तथ्याङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार, पुरुष क्रिकेट टोली वरीयतामा भारतलाई पहिलो र अस्ट्रेलियालाई दोस्रो स्थानमा राखेको छ। त्यस्तै अस्ट्रेलिया पछि सबैभन्दा बलियो […]

काठमाडौं — नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ। विश्वभर छरिएर रहेका नेपाली सेफहरूको पहलमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा यो भव्य कार्यक्रम वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना गरिनेछ। यस ऐतिहासिक कार्यक्रममा मध्यपूर्व, युरोप, […]

टोरन्टो – क्यानडामा दर्ता भएको गैर-सरकारी संस्था सहयात्रा-क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ आयोजना गर्न लागेको छ। यो सम्मेलन  २५ मेदेखि २७ मेसम्म क्यानडाको टोरन्टोमा आयोजना हुनेछ, जसको मुख्य विषयवस्तु “समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण” रहनेछ। “विश्वभर करिब २६ […]

पोर्चुगल — गतवर्ष सन् २०२४ का लागि विश्वको सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये नेपाल ८० औँ स्थानमा रहेको छ। विश्व शान्ति सूचकांकका अनुसार नेपाल विश्वको सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये नेपाल ८० औँ स्थानमा र एसियाको ४० भन्दा माथि स्थानमा रहेको बताएको छ। त्यस्तै विश्वमा सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये आइसल्याण्ड पहिलो स्थानमा, आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ। त्यस्तै तेस्रोमा अस्ट्रिया, […]

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आफ्नो अर्थतन्त्रलाई कायम राख्न ब्राजिलबाट थप कामदारको आवश्यकता रहेको बताएका छन्। पोर्चुगलमा ब्राजिलियन समुदाय ५ लाख भन्दा बढी छ। यद्यपि, प्रधानमन्त्री मोन्टेनेग्रोले गरेको टिप्पणीलाई ध्यानमा राख्दा, यो संख्या चाँडै अझ बढ्न सक्छ। पोर्चुगिज कम्पनीहरूले कामदारको अभावको बारेमा गुनासो गरिरहेको र अझै थप कामदार आवश्यकता परेको बताएको छ। पोर्चुगलका धेरै […]

कुवेत — नेपाली दूतावास कुवेतमा घनश्याम लम्साले कार्यकाल सम्हालेको लगभग लगभग एक वर्ष जति हुन लागिसक्यो। कुवेतमा पछिल्लो समय दूतावासकै डाटा अनुसार १ लाख ५० हजार जति नेपाली कार्यरत छन् भन्ने कुरो राजदूतकै मुखबाट बारम्बार सुन्ने गरेका छौं । नयाँ राजदूत भएर कुवेत आएपछि कुवेतमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा एउटा नयाँ आशा पलाएको थियो। […]

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका युवाहरूसँग संवाद गर्ने भएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार, ओलीले १५–१६ मार्चमा थाइल्याण्डमा आयोजना गर्ने दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्। ओलीसँग बिहीबार साँझ बालुवाटारमा गैरआवासीय नेपाली संघको समसामयिक विषयमा गम्भीर छलफल भएको अध्यक्ष केसीले जानकारी दिए। भेटमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरूले […]

ल​लित​पुर । ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले २०८१ फाल्गुण ३ र ४ गते ‘हरित रामायण’ नामक नाटक मञ्चन गरेको छ। एक घण्टा १५ मिनेट लामो यो नाटकमा रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। विभिन्न प्रसङ्गहरू मार्फत वातावरण र यसको महत्त्वलाई सांकेतिक रूपमा दर्शाइएको नाटकको उद्घाटन […]