Home Login

काठमाडौं —  जन्मदिनमा मात्र सीमित रहेको केक काट्ने परम्परा आजकाल हरेक उत्सवको अपरिहार्य अंग बनेको छ। यही सन्दर्भमा नेपाल हाउस रेस्टुरेन्टका हातिसार र बालुवाटार शाखाहरूले आमाको मुख हेर्ने दिन (वैशाख कृष्ण औँसी) लाई लक्षित गर्दै विशेष प्रकारका केकहरू उपलब्ध गराउने घोषणा गरेका छन्। “आमाको मुख हेरौं, मिठो केक सँगै मनाऔं” भन्ने भावनाका साथ नेपाल हाउसले […]

म्यानचेस्टर , युके — बेलायतमा नेपालीहरु माझ करिब ३५ बर्ष देखि सक्रिय सस्था नेपलिज एशोसियन यू -के (यति हिमालयन) ले नेपालि नयाँ बर्ष २०८२ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको  छ।  म्यारीयट होटेल, म्यानचेस्टरमा हिजो (आइतबार अप्रिल २० ) सम्पन्न कार्यक्रममा  बेलायतका लागि नेपाली महामहिम  राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो। […]

(अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको फुड फेस्टिबल र अधिवेशन सम्पन्न, अरुण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन) रासस —   विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित […]

बेलायत — अभिनेता राजेश हमाल बेलायत आउने भएका छन् ।बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् ।  २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा हमालले मनोरञ्जनात्मक प्रस्तुति समेत दिने भएका हुन् । यस अघि केही संवाद र नृत्य गर्दै आएका हमालले यो पटक लन्डनमा स्ट्यान्ड अप […]

इन्दिरा चाम्लिंङ काजाब्लांका- क्यासेल्लो ,बेल्जियम । यही अप्रिल १७ तारीख बिहीबारका दिन तामाङ समाज बेल्जियमको छैठौं अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले सर्बसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै लुभेनबाट लालिंग तामांगलाई अध्यक्षमा निर्बाचित गरेको हो । त्यसैगरी उपाध्यक्षमा फुलमाया तामाङ (आर्सकोट) र रुमन सिङ तामाङ ( ब्रुज) रहेका छन् भने महासचिवमा ब्रुज बाटै महिन्दो वाईबा […]

आयरल्याण्ड । लन्डनस्थित नेपाली दूतावासले अप्रिल अन्तिम साता आयरल्याण्डमा राहदानी सेवासहित कन्सुलर शिविर गर्ने भएको छ । ३० अप्रिल, २०२५ बुधबार आयरल्याण्डको पार्नेल स्क्वायर वेष्ट डब्लिनस्थित टिचर्स क्लवमा बिहान १० देखि अपरान्ह ५ बजेसम्म घुम्ती शिविर हुन लागेको हो । उक्त घुम्ती शिविर गैर आवासीय नेपाली संघ आयरल्याण्ड को सहकार्यमा हुने भएको हो । दूतावासले […]

इटाली —  युरोपेली संघ (ईयू) ले बुधबार सातवटा देशलाई ‘सुरक्षित मुलुक’ को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ । युरोपेली आयोगले कोसोभो, बंगलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसियालाई सुरक्षित मुलुकको सूचीमा राख्ने प्रस्ताव अघि सारेको हो । आयोगका आप्रवासन आयुक्त म्याग्नस ब्रुनरले भने, ‘धेरै राष्ट्रहरूमा शरणका लागि आएका निवेदनहरू थुप्रिएको अवस्थामा […]

काठमाडौं — नेपालस्थित अमेरिकी दूतावास काठमाडौंले भिसा आवेदकका लागि अपोइन्टमेन्ट प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउन नयाँ नियम अप्रिल २८ देखि लागू गर्ने जनाएको छ । २०८२ वैशाख १२ अर्थात अप्रिल २८ देखि सम्पूर्ण भिसा आवेदकहरूले कन्फर्मेशन र एएबाट सुरु हुने बारकोड नम्बर सहितको डीएस–१६० भिसा आवेदन फारम साथमा लिएर अन्र्तवार्तामा जानु पर्ने नयाँ नियम […]

काठमाण्डौ । नव वर्ष २०८२ को अवसरमा ग्लोरी मिडिया र न्यूजलाईन्स मिडियाको संयुक्त आयोजनामा आयोजित विशेष कार्यक्रममा अग्रज प्रवासी नेपाली सेफहरूलाई “ग्लोबल स्टार अवार्ड” बाट सम्मानित गरिएको छ। नेपाली पाककला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान तथा सम्मानका लागि आयोजित उक्त कार्यक्रममा विभिन्न देशहरूमा कार्यरत नेपाली सेफहरूलाई सम्मान गरियो। सम्मानित हुने सेफहरूमा क्यानडामा रहेका सेफ ज्ञानेन्द्र बञ्जारा […]

माल्टा — युरोपेली मुलुक माल्टाको राजधानी भ्यालेटामा नयाँ वर्ष २०८२ सालको अवसरमा पारेर सोमबार विभिन्न कार्यक्रमसहित ‘नेपाली डे–२०२५’ मनाइएको छ । नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ नेपाली समुदायका प्रतिनिधिहरू कार्यक्रममा सहभागी मात्रै भएनन् नेपाल र नेपालका पर्यटकीय गन्तव्य र महत्वबारे माल्टाबासीलाई जानकारी गराउने प्रयास समेत […]