आयरल्याण्ड । लन्डनस्थित नेपाली दूतावासले अप्रिल अन्तिम साता आयरल्याण्डमा राहदानी सेवासहित कन्सुलर शिविर गर्ने भएको छ ।
३० अप्रिल, २०२५ बुधबार आयरल्याण्डको पार्नेल स्क्वायर वेष्ट डब्लिनस्थित टिचर्स क्लवमा बिहान १० देखि अपरान्ह ५ बजेसम्म घुम्ती शिविर हुन लागेको हो ।
उक्त घुम्ती शिविर गैर आवासीय नेपाली संघ आयरल्याण्ड को सहकार्यमा हुने भएको हो । दूतावासले ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुने नेपाली नागरिकहरुले समेत नवीकरण गराउन सक्ने जनाएको छ ।
सेवाग्राहीहरुलाई राहदानीबाहेक राजदूतावासबाट प्रवाह गरिने सबै प्रकारका सेवा उपलव्ध गराइने जनाउंदै दूतावासले शिविरबाट लाभ लिन आयरल्याण्डवासी नेपालीलाई आव्हान समेत गरेको छ ।
Leave a Reply