Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल । यदि तपाइँ अवैध रूपमा (बिना भिसा ) पोर्चुगलमा प्रवेश गर्नुभएको छ र तपाईं सङ टिकट वा बोर्डिङ पास छैन भने तपाईं बायो मेट्रिकको लागि AIMA (SEF) मा जाँदा आफु पोर्चुगलमा कसरी प्रवेश गर्नुभयो भनेर देखाउँनु पर्छ । तपाईं जुनसुकै देश बाट पोर्तुगल आउँनु भए पनि बायो मेट्रिकको लागि जाँदा तपाईंले आफु कसरी आएको […]

फ्रान्स । फ्रान्स स्थित विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको आइफिल टावरले कर्मचारी हडतालमा उत्रिएपछि अनिश्चितकालका लागि सेवा बन्द गरिएको छ । टावर हेर्नका लागि दिइँदै आएको पर्यटककीय सेवा अनिश्चतकालका लागि अवरूद्ध बनेको टावर सञ्चालक समितिले पुष्टि गरेका छ । टावर निर्माण गर्ने इन्जिनियर गुस्ताभ आइफिलको मृत्युको १०० औँ वर्ष पुगेको सन्दर्भमा टावर व्यवस्थापन सम्बन्धी कमजोरी देखाउँदै […]

पोर्तुगल । पोर्चुगलको राजधानी लिस्बनमा आज सम्पन्न शेर्पा किदुक पोर्तुगलको सातौं  अधिवेशनले अध्यक्ष राजेन्द्र शेर्पा, वरिष्ठ उपाध्यक्षमा डेन्डी शेर्पा, उपाध्यक्षमा पासाङ्ग शेर्पा, महासचिव पेमा शेर्पा कोषाध्यक्षमा निमदिकी शेर्पा र सहकोषाध्यक्षमा पशी शेर्पा लगायत १७ कार्यसमिति निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक धनराज शेर्पाले हामटजानकारी दिनु भयो । किदुकको अधिवेशनको उद्घाटन प्रमुख अतिथि खेम्पो नवाङ […]

पोर्तुगल । क्रिसमस र नयाँ वर्षको अवधिमा GNR प्रहरीले आफ्नो अभियानलाई थप मजबुत बनाउँन पुलिस संगको साथमा शुक्रवार आजबाट सुरु गर्ने भएको छ। जनवरी २ सम्म चल्ने यस अपरेसनले क्रिसमस र नयाँ वर्षको अवधिमा देशभर चाडपर्व र सुरक्षित यात्रा गर्न “अपराधसँग लड्न र उच्चतम ट्राफिक मार्गहरूमा सडक गस्तीलाई तीव्र बनाउने” लक्ष्य GNR ले राखेको छ। […]

क्यानडा । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यस अघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि […]

पोर्चुगल। संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम अनुमोदन गरेको हो ।  मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको हिमा गाएँपालिका–५ घर भई हाल काठमाडौं १५ डल्लु बस्ने वर्ष ३३ को धर्मेन्द्र शाही रहेका छन्। शाहीले सोम्बार तामाङ समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित […]

काठमाडौँ । सरकारले पोर्चुगलका लागि आवासीय राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ । शुक्रबार सिंहदरवारमा संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा नेपालले शैक्षिक योग्यताबकारे सदस्यहरुको जिज्ञासामा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको बताएका छन् । नेपालले आफूले पब्लिक डिप्लोमेसीमा अब्बल भएर काम गरेको दाबी समेत गरेका छन् । उनले […]

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले देश तथा विदेशका सांगीतिक कार्यक्रममा अनधिकृत रुपमा गीतको म्युजिक ट्रयाक प्रयोग गरिएको भन्दै चासो व्यक्त गरेको छ । प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै गीतको धनी, सर्जक तथा प्रस्तोता, उत्पादनको समझदारीमा लिखित अनुमति प्रत्यायोजन गरेको खण्डमा मात्र प्रयोग गर्न आग्रह गरेको छ । अध्यक्ष रीता थापामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा […]

माल्टा । जिल्ला धादिङ त्रिपुरा सुन्दरी गा.पा वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १३ बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठले कुलमान कुमाल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतव्यक्ति रु. ९,००,०००/- ( अक्षेरुपी नौँ लाख  रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक […]