काठमाडौं — म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको छ ।
थाइल्याण्डस्थित नेपाली राजदूतावासले म्यानमारबाट उद्धार गरी नेपाल पठाइएको जानकारी दिएको छ ।
विज्ञप्तिमा अनुसार : म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ डिसेम्बर २०२४ मा नेपाल फर्काइएको र आज २४ डिसेम्बर २०२४ मा १ जना महिलालाई नेपाल फर्काइएको छ।
दूतावासले नेपाल सरकारले तोकेका मापदण्डअनुसार श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ।
Leave a Reply