पत्रकार महासंघको तीनै तहको निर्वाचनको तयारी पूरा

ad1 ad1

काठमाडौं । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनका लागि तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले बताएको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक चिरन्जीवी खनालले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

उनका अनुसार मतपत्र छापेर प्रदेश समितिमार्फत शाखाहरूमा पुर्‍याइ सकिएको छ। यही मंसिर २८ गते पत्रकार महासंघको तीनै तहको चुनाव हुनेछ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न महासंघका सम्पूर्ण मतदाता सदस्य तथा सरोकारवाला पक्षहरूलाई केन्द्रीय निर्वाचन समितिले अनुराेध समेत गरेको छ।

मंसिर २८ गते केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ। निर्वाचनका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भएको छ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *