राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नियुक्त भएका राजदूतलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।
राष्ट्रपतिको सरकारी निवास शितल निवासमा भएको सपथ समारोहमा भारत, रुस, बेलायत, स्पेन र दक्षिण कोरियाका लागि नयाँ राजदूतले सपथ लिएका थिए ।
भारतका लागि शंकरप्रसाद शर्मा, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र रुसका लागि जङ्गबहादुर चौहान राजदूत नियुक्त भएका छन् ।
सपथ ग्रहण समारोहमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरुको समेत उपस्थिति रहेको शितल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्ति
Please follow and like us: