काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ ।
हाल विमानस्थल १० घण्टासम्म बन्द हुँदै आए पनि आगामी १५ माघदेखि बन्द समय घटाएर ८ घण्टा मात्र कायम गरिने छ ।
वर्तमान अवस्थामा विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएको छ । नयाँ तालिका अनुसार १५ माघबाट बिहान ७ बजे खुल्ने र राति ११ बजे बन्द हुने छ ।
यो परिवर्तनले उडान समय व्यवस्थापनलाई अझ सहज बनाउने अपेक्षा छ । राति अबेरसम्म उडान सञ्चालन गर्न पाउने भएकाले यात्रु तथा एयरलाइन्सले पनि यसको फाइदा लिन सक्नेछन् ।
Please follow and like us: