Home Login

पोर्चुगल — पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल आफ्नो कार्यभार सम्हाल्नको लागि बिहिबार लिस्बन आइपुग्नुभएको छ। राजदूत पौडेल बिहिबार अपरान्ह पोर्चुगल आइपुग्दा नेपाली दूतावास लिस्बनका नियोग उपप्रमुख रामबाबु नेपाल पोर्चुगलको परराष्ट्र मन्त्रालयको प्रोटोकल विभागका लुइस सान्तोसले लिस्बन एयरपोर्टमा स्वागत गरेका थिए । पोर्चुगलमा पहिलोपटक स्थापना गरिएको नेपाली राजदूतावासले आगामी मार्च तेस्रो सातादेखि औपचारिक रुपमा […]

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्र ‘लाज शरणम्’ युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन हुने भएको छ। आउँदो मार्च ९ तारिखदेखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुन लागेको हो। नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले […]

एलिया लिम्बु । साइप्रस —  साइप्रसमा स्थापनाकालदेखि नै एक सक्रिय संस्था शेर्पा किदुक साइप्रसद्वारा मनाउने ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम — २०२५ अन्तिम चरणमा जुटेको आयोजकले बताएको छ। हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले आउँदो मार्च ९ […]

काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो। यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो। त्यस्तै नेपाल एयरलाइन्सका […]

युरोप — गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ आज सार्वजनिक भएको छ। फोरबी इन्टरटेन्मेन्ट प्रस्तुति रहेको गीतमा गायक सिवाकोटीलाई गायिका रेसु स्याङ्दानले साथ दिएकी छिन्। लामो समयदेखि युरोपमा बस्दै आएका गायक सिवाकोटीको स्वर रहेको गीत ‘सुस्तरी सुस्तरी’ मा सरोज पोखरेलको संगीत र क्षितिज सापकोटाको शब्द रहेको छ। त्यसैगरी देवेस राईले गीतलाई एरेन्ज गरेका हुन् […]

बेलायत — विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा आबद्ध रहेर आफ्नो देशभन्दा पर पुगेर पनि स्वदेशमै भएझै गीत संगीतलाई माया गर्ने परदेशी गायक नवराज पाण्डेले लामो समयको अन्तरालपछि चार दिन अगाडि  आँसु उपहार गीत सार्वजनिक गरेका छन्। गायक पाण्डेलाई यस गीतमा भने चर्चित गायिका पछिल्लो समय बेलायतलाई कर्मथलो बनाउँदै आएकी लक्ष्मी खड्काले साथ दिएकी छिन्। गायिका […]

रासस — शुक्रबार बिहान भोटेकोशी गाउँपालिका-२ स्थित भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गयो। त्यसको ठूलै पराकम्प काठमाडौंलगायत आसपासका जिल्लामा महशुस गरियो। तर, क्षति व्यहोर्नु परेन। भूगर्व विद्‍का अनुसार २०७२ बैशाख १२ गतेको भूकम्पकै पराकम्प भएकाले ठूलो क्षति हुनबाट जोगिएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकावरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले आजको भूकम्प […]

काठमाडौं —  अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेट घोषणा गरेका हुन्। ‘हाल बलिदानुको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौं। चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म […]

काठमाडौं । बालगायक तथा गायिकाहरूको गायन प्रतियोगिता भ्वाइस अफ स्याट सिजन थ्रीको उपाधि पीक पोइन्ट एकेडेमीकी दिया घिमिरेले जित्न सफल भएकी छिन् । मंगलबार कमलपोखरी स्थित रसियन कल्चर सेण्टरमा आयोजित ग्राण्ड फिनालेमा दमदार प्रस्तुतीका साथ सर्वोकृष्ट बन्दै उनले उपाधी जितेकी हुन । अन्य मेगा विजेताहरूमध्ये गोल्डेन गार्डेन एकेडेमीकी संपदा घिमिरे फर्स्ट रनर अप, पीक पोइन्ट […]

पोर्चुगल — युवा नेता एंव नेपाल पत्रकार महासंघ युरोप शाखाको उपमाहसचिब  अशिम लोप्चन तामाङ  ‘राष्ट्रिय सेवा सम्मान’ बाट सम्मानित भएका छन । बिरिसु मिडिया प्रा.लिले बुधवार काठमाडौँको चलचित्र बिकास बोर्डमा आयोजित ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०८१ तथा सम्मान कार्यक्रम’ मा उनी सम्मानित भएका हुन । प्रवासी भूमिमा रहेर पनि नेपाली पहिचानलाई उजागर गर्न […]