

पुस्तक रेग्मी ।
पोर्चुगल — नेपाली चलचित्र ‘लाज शरणम्’ युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन हुने भएको छ। आउँदो मार्च ९ तारिखदेखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुन लागेको हो।
नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले चलचित्र ‘लाज शरणम्’ पोर्चुगलमा प्रदर्शन गर्न लागेको हो।
उक्त चलचित्र पोर्चुगलको राजधानी लिस्बनमा मार्च ९ आइतबार, १० सोमबार र ११ मंगलबार गरी तीन शोमा चलचित्र प्रदर्शन हुन लागेको हो।
चलचित्र बिहान ११ बजेर १५ मिनेटको समयमा प्रदर्शन हुने भएको हो भने उक्त चलचित्रको टिकेट १२.५० युरो रहेको छ। सो टिकट १२ वर्षभन्दा कम उमेरको व्यक्तिलाई ८ युरो राखेको छ।
चलचित्रले राजधानी लिस्बनस्थित सिनेमा आइडलमा तिन शो पाएको छ । नेपालीभाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शन र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।
टिकटको लागि https://hamroevents.com/events/laaj-sharanam को वेबसाइटमा गएर लिन सकिने वा तल दिएको सम्पर्क नम्बर +३५१-९२०२८३३१९ मा सम्पर्क गरी टिकट टिकट लिने व्यवस्था भएको नेप्स इन्टरटेन्मेन्टले बताए ।
नेपाली चलचित्रलाई युरोपेली मुलुक पोर्चुगलमा पनि प्रदर्शन गर्नुपर्छ भन्दै दिनरात अहोरात्र खट्ने नेप्स इन्टरटेन्मेन्टले यस चलचित्र राजधानी लिस्बन लगायत अल्गार्वे क्षेत्रको फारोमा मार्च १६ र १७ तविरा र लुलेमा मार्च १६ तारिख प्रदर्शन गर्न लागेको नेप्स इन्टरटेन्मेन्टका सञ्चालक समिर गुरुङले बताए।
चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापा लगायत कलाकार मुख्य भूमिकामा छन् ।
‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् । जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सह-निर्माता छन् ।
चलचित्रको थप पोस्टरहरू —