Home Login

पोर्चुगल — गतवर्ष सन् २०२४ का लागि विश्वको सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये नेपाल ८० औँ स्थानमा रहेको छ। विश्व शान्ति सूचकांकका अनुसार नेपाल विश्वको सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये नेपाल ८० औँ स्थानमा र एसियाको ४० भन्दा माथि स्थानमा रहेको बताएको छ। त्यस्तै विश्वमा सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये आइसल्याण्ड पहिलो स्थानमा, आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ। त्यस्तै तेस्रोमा अस्ट्रिया, […]

कुवेत — नेपाली दूतावास कुवेतमा घनश्याम लम्साले कार्यकाल सम्हालेको लगभग लगभग एक वर्ष जति हुन लागिसक्यो। कुवेतमा पछिल्लो समय दूतावासकै डाटा अनुसार १ लाख ५० हजार जति नेपाली कार्यरत छन् भन्ने कुरो राजदूतकै मुखबाट बारम्बार सुन्ने गरेका छौं । नयाँ राजदूत भएर कुवेत आएपछि कुवेतमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा एउटा नयाँ आशा पलाएको थियो। […]

(शुक्रबार २१ फेब्रुअरी देखि सञ्चालन भयो पोर्चुगलमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर) पोर्चुगल — रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा २१ फेब्रुअरी शुक्रबारबाट राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गरेको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि […]

अमेरिका — अमेरिकाले भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ । यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहिले अनिवार्य अन्तरवार्तामै बस्नुपर्ने भएको छ । यस अघि अन्तरवार्ता नगरिकन भिसा नवीकरण हुने प्रावधान गरेको भारतीय अखबार बिजनेस टूडेले […]

ल​लित​पुर । ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले २०८१ फाल्गुण ३ र ४ गते ‘हरित रामायण’ नामक नाटक मञ्चन गरेको छ। एक घण्टा १५ मिनेट लामो यो नाटकमा रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। विभिन्न प्रसङ्गहरू मार्फत वातावरण र यसको महत्त्वलाई सांकेतिक रूपमा दर्शाइएको नाटकको उद्घाटन […]

संवाददाता । काठमाडौं — गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ। सर्वोच्च अदालतको फैसला अनुसार गठित उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा  आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरेको थियो  । बैठकले सदस्यता दर्ता प्रक्रिया थप […]

रासस — पत्रकारहरूको काठमाडौँमा सम्पन्न एक भेलाले पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (Federation of International Journalist, america) अमेरिकाको नेपाल शाखा गठन गरेको छ । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालकै आतिथ्यमा, नेपालमा उपलब्ध केन्द्रीय उपाध्यक्षहरू जीवराम भण्डारी, टङ्क पन्त, केदार कोइराला, बोर्ड अफ डाइरेक्टरहरू युवराज भण्डारी विद्रोही, कृष्णा […]

काठमाडौं —  नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टीतेलको साविक मूल्यमा ४ रुपैयाँ घटाएको हो । आज राति १२ बजेदेखि लागू हुने नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो […]

भक्तपुर — आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ […]

तनहुँ —  जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् ।  पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच […]