Home Login

पोर्चुगल । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । ‘नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ । यसमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्रीथापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।     [wpdevart_like_box profile_id=”100163172292328″ stream=”show” connections=”show” width=”300″ height=”550″ header=”small” cover_photo=”show” locale=”en_US”]

लिस्बन । नेपाली गीत संगीत स्वदेशमा मात्र नभाई विदेशीमा पनि चर्चा परिचर्चा हुदै आएको छ । पोर्चुगलमा पनि एक हप्ता अगाडि मात्र गायक रोशन लामाको शब्द संगीत र आवाजमा रहेको गीतको  म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोलाई पोर्चुगलको राजधानी लिस्बनमा सुटिङ गरेको छ । गीतको म्युजिक भिडियोलाई अभिरल श्रेष्ठ (अविग्राफी)ले छायांकन तथा निर्देशन र पोस्ट–प्रोडक्शन समेत गरेका छन् । र श्रेष्ठलाई सविन गुरुङले साथ तथा सहयोगी दिएका छन् । गीतको म्युजिक भिडियोमा दिक्षा थापा ,पासाङ (जेली) र रोशन लामाले अभिनय गरेका छन् । सुरुमा एक माया गर्ने  जोडीलाई भिडियोमा देख्न सकिन्छ । र अन्तिममा माया गर्ने जोडीको साथ छुटेको हामीले यस भिडियोमा देख्न सकिन्छ । यस भिडियो गायक रोशन लामाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । फेरि पनि गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला।

[wpdevart_like_box profile_id=”100163172292328″ stream=”show” connections=”show” width=”300″ height=”100″ header=”small” cover_photo=”show” locale=”en_US”] काठमाडौँ । अभिनेता अनमोल केसीलाई प्रहरीले जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको छ। म्याद थपका लागि केसीलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराउन अघि उनलाई आइतबार सरकारी वकिलको कार्यालयमा लगिएको थियो। आपराधिक विश्वासघात गरेको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई शुक्रबार पक्राउ गरेको थियो। केसीलाई पक्राउपछि महराजगञ्ज स्थित चिरायु अस्पतालमा राखिएको छ। रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’ गरेको कसुरमा जाहेरी दिएका थिए। अनमोलले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएका थिए। तर, देवानी कसुरमा पक्राउनगर्नु भन्ने आदेश लिएपनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन्। आर्यन धिमाल पोर्चुगलबाट सन्चालित अनलाइन नेपाली न्युज पोर्टलको अफिसियल फेसबुक पेजलाई लाइक र फलो गर्न नभुल्नु होला।