नेपालले आज सेमिफाइनल खेलमा युएईसँग खेल्दै

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ। खेल बिहान–११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ । 

विजेता टोली २०२४ को टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन्। 

बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो। नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन्।

नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टी२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ।

नेपाल २०२१ को छनोटको निर्णायक खेलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएको थिएन। आजको अर्को सेमिफाइनल खेलमा टीयु क्रिकेट मैदानमा ओमान र बहराइनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले ओमानसँग हारेपछि बहराइनसँग सेमिफाइनल खेल्ने अवसर गुमाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *