गैरआवासीय नेपाली नागरिकता धादिङबाट पनि वितरण सुरु

अनिल रेग्मी / धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले गैर आवसिय नेपाली नागरिकता वितरण सुरु गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले नीलकण्ठ –१४ जन्मस्थान भई हाल संयुक्त अधिराज्य बस्ने गंगा बहादुर बस्नेत र गजुरी २ जन्मस्थान भई हाल संयुक्त राज्य अमेरिका बस्ने लक्ष्मी सेढाई गिरीलाई गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र दिई सेवाको सुभारम्भ गर्नु भएको हो ।


केही साता मात्र गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशन सम्पन्न भएको थियो ।

नेपालको संविधान अनुरुप नेपालबाट वैदेशिक रोजगारी तथा अन्य विभिन्न शिलशिलामा नेपाल बाहिर रहेका प्रवासीहरुलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्ति सहितको गैर आवासीय नेपाल नागरिकता प्रदान गर्ने प्रावधान अनुरुप गैरआवासीय नेपाली संघ (एनआरएन) पुर्ब अध्यक्ष बद्री केसी र कुल आचार्यलाई प्रधानमन्त्री प्रचण्डले नागरिकता दिएर गैरआवासीय नागरिकता वितरण सुरु गरेका थियो ।

गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो । संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनुपर्ने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *