Home Login

साइप्रस — युरोपेली मुलुक साइप्रसमा सन् २०१६ मा स्थापना भएको तमु समाज साइप्रसले पाँचौं अधिवेशन सम्पन्न गरेको छ । शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ भन्ने मूल नाराका साथ स्थापना भएको तमु समाज साइप्रसले पाँचौं अधिवेशन जुन ८ तारिख सम्पन्न गरेको हो । साइप्रसमा स्थापना कालदेखि […]

रासस — पासा पुचः गुथि यूके साउथ इष्ट लन्डन शाखाको आयोजनामा लन्डनमा मौलिक नेवारी भोज (गुथि भ्वय्) गरिने भएको छ । यही जुन ८ तारिख आइतबार लन्डनको चार्ल्टनस्थित चार्ल्टन पार्क रग्बी क्लबमा भोज हुन लागेको छ । भोजका लागि मौलिक परम्पराअनुसार झण्डै ४० थरि नेवारी परिकार तयार गरिने आयोजक पासा पुचः गुथि साउथ इष्ट लन्डन […]

टोकियो, जापान — तनहुँ समाज जापानको दोस्रो अधिवेशन २०२५ जुन १, आइतवारका दिन टोकियोको ओकुवो स्टेशन नजिकै रहेको प्याराडाइज रेष्टुराँमा सम्पन्न भएको छ । सन् २०१८ मा स्थापना भएको समाजले आफ्नो नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ ।  पूर्व अध्यक्ष विजय थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनले डा. भोजराज पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ […]

मनिस तमु काजाब्लांका क्यासेल्लो ,बेल्जियम । किरात राई समुदायको मौलिक र महान चाड उभौली साकेला ५०८५ किरात राई सोसाइटी बेल्जियमको आयोजनामा बेल्जियमको ऐतिहासिक सहर लुभेनमा  भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा युरोपका विभिन्न देशहरूबाट आएका नेपाली समुदायका अगुवा, विभिन्न जातीय संघ-संस्थाका प्रतिनिधि तथा स्थानीय बेल्जियम सरकारका विशिष्ट पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि […]

लन्डन — तमु समाज युकेको १८ औं वार्षिक साधारणसभा यही ३१ मे मा हुने भएको छ । ह्यारो रोड बर्हाम पार्क वेम्बलीस्थित तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा शनिबार मे ३१ का दिन साधारणसभा तय भएको समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए ।  ‘तमु समाज युकेको १८औं वार्षिक साधारणसभा मिति ३१ मे २०२५, शनिबारको […]

पोर्चुगल — नेपाल प्रेस युनियन युरोप शाखाले नेपाल प्रेस युनियनको ३४ ओैं स्थापना दिवसको अवसरमा आगामी मे, २५ तारिख आइतबार भर्चुअल माध्यम मार्फत शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । आइतबार हुने कार्यक्रम बेलायत र पोर्चुगलको समयअनुसार दिउँसोको ३ बजे, बेल्जियम समयअनुसार दिउँसोको ४ बजे र नेपाली समयअनुसार रातिको ७ बजेर ४५ मिनेटमा […]

सुबास चाम्लिंग । पोर्चुगल — किरात राई सोसाइटी अफ पोर्चुगलले उभौली साकेला चाड विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । मे १९ तारिख सोमबार सस्थाले सो कार्यक्रम गर्न लागेको हो । पहिचान ,कला परम्परा ,संस्कृतिलाई प्रवासमा चिनाउने र नेपालीत्व झल्काउने उद्देश्यले कार्यक्रम गर्न लागिएको सस्थाका अध्यक्ष दिपेश राईले जानकारी दिए । सोसाईटीका कोषाध्यक्ष अरून राईका […]

अशिम लोप्चन तामाङ । स्पेन — अन्तर्राष्ट्रिय बागलुङ समाज अध्यक्षमा बेल्जियम निबासी गंगा शर्मा सर्वसम्मत निर्वाचित हुनुभएकोछ । शनिबार बाग्लुङ्ग जिल्ल्ला सदरमुकाम बागलुङ बजारमा भएको तेस्रो अधिवेशनले शर्मालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । अधिबेशनले बरिष्ठ उपाध्यक्षमा दीपक गौतम, उपाध्यक्षमा कुलानन्द शर्मा, रत्न बहादुर बिक, राजबिन थापा तथा महासचिबमा प्रेम सागर पौडेल, सचिबमा राजु थापा, […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा स्थापना कालदेखि नै सक्रिय संस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा एक दिने केलाङ (च्याब्रुङ) नाच आयोजना हुने भएको छ । आगामी २६ मे सोमबार आयोजना हुन लागेको कार्यक्रम पोर्चुगलमा रहेको रेस्टुरेन्ट माकी म्याजिक सुशी रेस्टुरेन्ट एण्ड बारमा हुने भएको हो । सो कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने भएको सस्थाका […]

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको छ । समितिले वैशाख १५ गते महाधिवेशनमा भाग लिन योग्य ठहरिएका ६२५ जनाको नामावली सार्वजनिक गरेको हो । थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशन गरिने समितिले जनाएको छ । वैशाख २० देखि २२ सम्म काठमाडौँमा […]