
बेलायत (रासस) — नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएकोप्रति नेकपा माओवादी केन्द्र निकट प्रवास समिति नेपाली जनप्रगतिशील मञ्च, बेलायतले आपत्ति जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मञ्चले सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आपत्ति जनाएको हो । ‘नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक श्री कुलमान घिसिङको बर्खास्तप्रति नेपाली जनप्रगतिशील मञ्च बेलायत गम्भीर चिन्ता […]