Home Login

निकोसिया (साइप्रस) — राष्ट्रपति निकोस क्रिस्टोडौलिड्सले साइप्रसको परराष्ट्र नीति र सुरक्षा संरचनामा एक ऐतिहासिक परिवर्तनको घोषणा गर्दै सन् २०२६ सम्ममा देशलाई शेन्जेन क्षेत्रमा पूर्ण रूपमा एकीकृत गर्ने तयारी भइरहेको बताउनुभएको छ । बुधबार राष्ट्रपति भवनमा आफ्नो वार्षिक शासन योजना प्रस्तुत गर्दै उहाँले साइप्रसले युरोपेली युनियनको अध्यक्षता ग्रहण गर्न लागेको अवसरलाई शेन्जेन प्रवेशका लागि रणनीतिक आधारका […]

निकोसिया (साइप्रस)  – साइप्रसको मन्त्रिपरिषद्ले आप्रवासीहरूको व्यवस्थापन र एकीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘२०२६–२०२९ आप्रवासी एकीकरण रणनीति’ लाई औपचारिक रूपमा अनुमोदन गरेको छ । आप्रवासन तथा अन्तर्राष्ट्रिय सुरक्षा उप–मन्त्रालयको प्रस्तावमा गत फेब्रुअरी ४, २०२६ मा स्वीकृत भएको यो रणनीतिले कानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूका लागि गणतन्त्र साइप्रसको पहिलो बृहत् र विस्तृत नीतिगत ढाँचा खडा गरेको […]

निकोसिया (साइप्रस) — युरोपेली संघ (ईयू) ले आफ्नो सिमानामा नियन्त्रण कडा पार्ने र आप्रवासन नीतिमा व्यापक फेरबदल गर्ने अन्तिम तयारी गरिरहेको छ । आगामी जुन महिनादेखि लागू हुने बहुप्रतिक्षित ‘ईयू आप्रवासन सम्झौता’ ले युरोपका सिमानाहरूमा कडाइ मात्र गर्ने छैन, आप्रवासी फिर्ती नीतिलाई पनि आक्रामक बनाउने योजना बनाएको छ । यसै परिप्रेक्ष्यमा, आप्रवासीहरूलाई फिर्ता पठाउने सवालमा […]

निकोसिया — गरिबीको अन्धकार चिरेर परिवारको भविष्य उज्यालो बनाउने सपना बोकी परदेशिएकी नुवाकोटकी अनिता तामाङ अहिले जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेकी छिन् । नुवाकोटको सामान्य परिवारमा जन्मिएकी अनिताको जीवन कहिल्यै सहज रहेन, तर उनले हार मानिनन् । आर्थिक अभाव, ऋणको बोझ र दैनिक गुजारा चलाउन धौ–धौ पर्न थालेपछि उनले एउटा कठोर निर्णय लिइन्– परदेश […]

साइप्रस — ‘तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन’ भन्ने मूल नारालाई आत्मसाथ गर्दै साइप्रसमा स्थापनाकालदेखि नै सक्रिय रहेको संस्था ‘नेपाल तामाङ घेदुङ साइप्रस’ ले तामाङ समुदायको ऐतिहासिक एवं मौलिक पर्व सोनाम ल्होछार यस वर्ष भव्यताका साथ मनाउने भएको छ । प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले संस्थाले यही […]

पाफोस (साइप्रस) — रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा साइप्रसका विभिन्न सहरहरूमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै प्रवासमा पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने पवित्र उद्देश्यका साथ ‘सोनाम ल्होसार’ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायको महान् सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ औँ […]

लिमासोल (साइप्रस) —  नेपाल मगर संघ युरोप शाखा साइप्रसको आयोजनामा ‘मगर माघे संक्रान्ति विशेष सांस्कृतिक कार्यक्रम’ आइतबार (११ जनवरी २०२६) भव्यताका साथ सम्पन्न भएको छ । साइप्रसको दोस्रो ठूलो सहर लिमासोलस्थित नियो फिस्ता हलमा आयोजित उक्त कार्यक्रम ऐतिहासिक रूपमा सफल भएको आयोजकले जनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र परम्पराको जगेर्ना […]

पाफोस (साइप्रस) — रोजगारी तथा अध्ययनको सिलसिलामा साइप्रसका विभिन्न स्थानमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै आफ्नो मौलिक संस्कृति र परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने पवित्र उद्देश्यका साथ यस वर्ष पर्यटकीय सहर पाफोसमा ऐतिहासिक सोनाम ल्होसार कार्यक्रम आयोजना हुने भएको छ । तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायको महान् सांस्कृतिक पर्व सोनाम ल्होसारको पावन […]

निकोसिया (साइप्रस) — सुनौलो भविष्यको सपना बुनेर वैदेशिक रोजगारीका लागि साइप्रस पुगेकी एक नेपाली महिलाको उपचारका क्रममा दुःखद निधन भएको छ । सर्लाही जिल्लाको लालबन्दी–७ निवासी ४६ वर्षीया मन्दिरा कुमारी विश्वकर्माको लिमासोलस्थित जनरल अस्पतालको सघन उपचार कक्ष (ICU) मा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । गत डिसेम्बर २२ मा मात्रै घरेलु कामदारको रूपमा […]

निकोसिया (साइप्रस) —  साइप्रस सरकारले राष्ट्रिय न्यूनतम पारिश्रमिक १ हजार ८८ युरो तोक्ने निर्णय गरेसँगै देशको औद्योगिक क्षेत्रमा एक प्रकारको ‘ज्याला युद्ध’ सुरु भएको छ । मन्त्रिपरिषद्ले गरेको यो नयाँ निर्णयले श्रमिक युनियन र रोजगारदाता दुवै पक्षबाट तीव्र प्रतिक्रिया निम्त्याएको छ, जसले गर्दा नवनियुक्त श्रममन्त्री मारिनोस मौसिओटासले आफ्नो कार्यकालको सुरुवातमै ठूलो चुनौती वा ‘आगोको बप्तिस्मा’को […]