Home Login

पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा आइतबार जुलाई १३ तारिख भएको दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सौगत बिष्ट नेतृत्वको क्लब ‘भिजन स्पोर्ट्स क्लब’ ले उचालेको छ । आइतबार पोर्चुगलको राजधानी लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा २० भन्दा बढी टिमहरूको सहभागिता रहेको […]

भ्यालेटा, माल्टा — युरोपेली देश माल्टाले युरोपियन युनियन बाहिरका (तेस्रो देशका) खेलाडीहरूलाई लक्षित गर्दै १००-दिने ‘खेलकुद भिसा’ को औपचारिक सुरुवात गरेको छ । माल्टाका गृहमन्त्री बायरन क्यामिलेरीले यो नयाँ भिसा प्रणालीको घोषणा गरेका हुन्, जसले विदेशी खेलाडीहरूलाई माल्टाका क्लबहरूमा ट्रायल दिन र प्रशिक्षण गर्न कानुनी रूपमा सहज बनाउनेछ । यो कदमले विशेषगरी नेपालजस्ता देशका प्रतिभावान […]

पोर्चुगल — अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले आज, जुलाई १०, २०२५ मा जारी गरेको नयाँ विश्व वरियतामा पोर्चुगल एक स्थान माथि उक्लिएको छ । यो बढुवासँगै पोर्चुगल विश्व वरियताको छैटौं स्थानमा पुगेको छ । हालै सम्पन्न नेसन्स लिगको उपाधि जितेपछि पोर्चुगलको वरियतामा यो सुधार आएको हो । फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगलले महत्वपूर्ण अंक […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलको प्रथम अधिवेशन सम्पन्न भएको छ ।  गत जुन २२ तारिख पोर्चुगलको राजधानी लिस्बनस्थित बेला-बिस्ता पार्कमा सम्पन्न भएको अधिवेशनले सौगात थापा मगरलाई अध्यक्ष पदमा सर्बसम्मत निर्बाचित भएका हुन् । प्रथम अधिवेशनबाट उपाध्यक्षमा सन्जिब श्रेष्ठ र सुजन आले निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा मनोज गुरुङ, सह-सचिवमा […]

पोर्चुगल — पोर्चुगलको शीर्ष फुटबल क्लब एफसी पोर्टोले इटालियन फ्रान्सेस्को फारिओलीलाई आफ्नो नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । क्लबले सोमबार, जुलाई ७, २०२५ मा फारिओलीको नियुक्ति आधिकारिक रूपमा घोषणा गरेको हो । ३६ वर्षीय फारिओलीले डच क्लब आयाक्सबाट पोर्टोमा आएका हुन् । उनले क्लबसँग दुई-सिजनको सम्झौतामा हस्ताक्षर गरेका छन्, जसले उनलाई सन् २०२७ […]

नर्वे (ओस्लो) — गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा राजधानी ओस्लोको Vallhall Arena मैदानमा आयोजित ऐभरेस्ट कप फुटबस २०२५ भव्य रूपमा सम्पन्न भएको छ । एभरेस्ट कप फुटबल एनआरएनए एनसीसी नर्वेले आयोजना गर्ने वार्षिक फुटबल प्रतियोगिता हो । २००८ मा नर्वेको ओसमा चट्याङ बाट निधन भएका नेपाली विद्यार्थी कञ्चन कार्कीको स्मृतिमा हरेक बर्ष एनआरएनए एनसीसी […]

पोर्चुगल — स्पेनमा कार दुर्घटनामा मृत्यु भएपछि पोर्चुगल र लिभरपुल क्लबबाट फुटबल खेलिरहेका खेलाडी डियोगो जोटा र उनका भाइ आन्द्रे सिल्भाको अन्त्येष्टिमा डियोगो जोटाकी श्रीमती र परिवार लिभरपुलका खेलाडीहरू सहित सामेल भएका थिए । दुर्घटना हुनुभन्दा ११ दिन अघि आफ्नो लामो समयदेखिको पार्टनर रुटे कार्डोसोसँग विवाह गरेका तीन सन्तानका बुबा, बिहीबार बिहान शंकास्पद टायर पड्किएपछि […]

पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी तीव्र रुपले भइरहेको आयोजकलाई जानकारी दिएको छ । प्रतियोगिता १३ जुलाई २०२५ मा लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा हुने भएको हो । प्रतियोगितामा पोर्चुगलस्थित नेपाली समुदायका विभिन्न फुटबल क्लबहरू र युरोपको विभिन्न देशमा रहेका नेपाली समुदायका फुटबल क्लबहरूले […]

पोर्चुगल — लिभरपुल र पोर्चुगलका फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएपछि विश्वभरबाट शोक सन्देश आइरहेका छन्। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पनि सामाजिक सञ्जालमार्फत गहिरो समवेदना प्रकट गरेका छन्। रोनाल्डोले लेखेका छन्, ‘केही समयअघि मात्र हामी राष्ट्रिय टिममा सँगै थियौं। अझै भर्खर तिमी विवाह बन्धनमा बाँधिएका थियौ। यो विश्वास गर्नै गाह्रो भइरहेको छ। उनले जोटाको […]

पोर्चुगल — इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबर अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ । २८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए । […]