Home Login
खेलकुद

लामिन यामलले जिते उत्कृष्ट फरवार्ड को पुरस्कार

पोर्चुगल — युवा स्टार खेलाडी लामिन यामलले ग्लोब सकर अवार्ड २०२५ मा प्रतिष्ठित ‘बेस्ट फरवार्ड’ अर्थात् उत्कृष्ट अग्रपङ्क्तिका खेलाडीको अवार्ड जितेका छन् । सानो उमेरमै विश्व फुटबलमा ठूलो छाप छोड्न सफल यामललाई उनको आक्रामक खेल शैली र गोल गर्ने क्षमताको कदर गर्दै यो पुरस्कार प्रदान गरिएको हो ।

विश्वका चर्चित फरवार्डहरूलाई पछि पार्दै यामलले यो उपाधि जित्नुले फुटबल जगतमा उनको उदयलाई थप स्थापित गरेको छ । यो सम्मानले उनको खेल जीवनमा नयाँ ऊर्जा थपेको छ ।

Leave a Reply