Home Login
खेलकुद

क्रिस्टियानो रोनाल्डो बने मध्य पूर्वका उत्कृष्ट खेलाडी

पोर्चुगल — ग्लोब सकर अवार्ड २०२५ मा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘बेस्ट मिडिल इस्ट प्लेयर’ अर्थात् मध्य पूर्वका उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

साउदी अरेबियाको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले आफ्नो अद्भुत लयलाई कायम राख्दै यो महत्त्वपूर्ण उपाधि हात पारेका हुन् ।

अल नासरसँगको अविश्वसनीय सिजन र उत्कृष्ट प्रदर्शनका कारण उनलाई यो सम्मान प्रदान गरिएको हो । बढ्दो उमेरका बाबजुद पनि मैदानमा जादुयी प्रदर्शन गरिरहेका रोनाल्डोले यो अवार्ड जितेर मध्य पूर्वको फुटबलमा आफ्नो प्रभावलाई पुनः प्रमाणित गरेका छन् ।

Leave a Reply