Home Login

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय सम्मेलन तथा १२ औँ महाधिवेशन आगामी फेब्रोअरी महिनामा हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनको तयारीका लागि गठन गरिएको स्टेरिङ कमिटीको आइतवार बसेको दोस्रो बैठकले संघको बृहत् एकता महाधिवेशन फेब्रोअरी २३ देखि २६ तारिखसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । बैठकमा संघको […]

रोम (इटाली) — युरोपेली मुलुक इटालीले आफ्नो आप्रवासन नीतिमा दशकौंपछिकै सबैभन्दा ठूलो र कठोर परिवर्तन गरेको छ । प्रधानमन्त्री जर्जिया मेलोनी नेतृत्वको दक्षिणपन्थी गठबन्धन सरकारले अवैध रूपमा समुद्र पार गरेर आउने आप्रवासीहरूलाई निरुत्साहित गर्न र कानुनी बाटोबाट आउने कामदारहरूलाई प्रोत्साहन गर्न दुईतर्फी रणनीति अपनाएको छ । यो नयाँ नीतिले शरणार्थीहरूको अधिकार, सीमा सुरक्षा र इटालीको […]

पोर्चुगल — कुनै समय आर्थिक सङ्कटसँग जुधिरहेको पोर्चुगल अहिले शान्तपूर्वक युरोजोनको सबैभन्दा बलियो अर्थतन्त्रको रूपमा उदाएको छ । प्रतिष्ठित पत्रिका ‘द इकोनोमिस्ट’ ले सार्वजनिक गरेको २०२५ को विश्वव्यापी अर्थतन्त्रको वरीयतामा पोर्चुगलले विश्वका ३६ धनी राष्ट्रहरूलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको छ । यो सफलता विशेष गरी मुद्रास्फीति नियन्त्रण, कुल गार्हस्थ्य उत्पादन (GDP) मा वृद्धि, […]

मदेइरा — प्रतिकूल मौसम र तीव्र गतिको हावाहुरीका कारण मडेइरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा पूर्ण रूपमा अस्तव्यस्त भएको छ । आँधी ‘एमिलिया’ को प्रभावस्वरूप आएको १०० किलोमिटर प्रतिघण्टा भन्दा बढी गतिको हावाका कारण शुक्रबार र शनिबार गरी हालसम्म १८५ वटा उडानहरू रद्द भइसकेका छन्, जसले गर्दा हजारौं यात्रुहरू प्रभावित भएका छन् । एएनए – मडेइरा […]

लिस्बन —  पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) का लागि अनलाइन आवेदन खुला गरेको छ । राजदूतावासले आज (शुक्रबार) एक सूचना जारी गर्दै आगामी डिसेम्बर १५ देखि २०२५ को डिसेम्बर महिनाको अन्तिमसम्मका लागि बायोमेट्रिक्स अपोइन्टमेन्ट खुला गरिएको जानकारी दिएको हो । राजदूतावासका अनुसार राहदानी नवीकरण गर्न चाहने सेवाग्राहीका लागि आज साँझ ५ बजेदेखि अनलाइन […]

बुल्गेरिया — वैदेशिक रोजगारीको लागि बुल्गेरिया देशमा पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ घर भइ हाल काठमाडौंको टोखा बस्ने वर्ष ५० को ज्ञानराज सुवेदी रहेका छन् ।  उनले पीडितबाट ८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।  पीडितले दिएको […]

पोर्चुगल — पोर्चुगल सरकारले प्रस्ताव गरेको श्रम कानून संशोधनको विरोधमा बिहानैदेखि देशव्यापी आम हडताल सुरु भएको छ । सरकारका नयाँ नीतिहरू कामदारको हितमा नभएको भन्दै आह्वान गरिएको यस आन्दोलनले देशभरका नगरपालिका सेवाहरू, विशेषगरी फोहोर व्यवस्थापन र सरसफाइ क्षेत्रलाई ठप्प पारेको छ । सन् २०१३ पछि पहिलो पटक देशका दुई ठूला केन्द्रीय श्रम संगठनहरू—सीजीटीपी (CGTP) र […]

मदेइरा टापुमा खराब मौसमको पूर्वानुमानसँगै यस क्षेत्रको हवाई यातायात सेवा गम्भीर रूपमा प्रभावित हुने देखिएको छ । विशेष गरी डिसेम्बर १२ र १३ मा यहाँको मौसम निकै प्रतिकूल रहने अनुमान गरिएको छ, जसका कारण मडेइरा विमानस्थलको उडान सञ्चालनमा व्यापक अवरोध आउन सक्ने सम्भावना बढेको छ । पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमस्फियर (IPMA) ले […]

पोर्चुगल — नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक, संगीतकार तथा रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ७ का कोच खेम सेन्चुरी आफ्नो सांगीतिक जादु छर्न युरोपेली मुलुक पोर्चुगल आउने पक्का भएको छ । प्रवासमा रहेका नेपाली दर्शक तथा श्रोताहरूलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको विशेष सांगीतिक कार्यक्रमका लागि सेन्चुरी युरोपको पोर्चुगल आउन लागेका […]

लिस्बन — सरकारले ल्याएको श्रम कानून सुधारको विरोधमा आह्वान गरिएको आम हडतालका कारण पोर्चुगलको राजधानी लिस्बनको सार्वजनिक यातायात प्रणाली नराम्ररी प्रभावित हुने भएको छ । लिस्बन मेट्रोले जारी गरेको आधिकारिक सूचना अनुसार, बिहीबार (डिसेम्बर ११) बिहानैदेखि मेट्रो सेवा पूर्ण रूपमा ठप्प हुनेछ । मेट्रो प्रशासनले आफ्नो वेबसाइटमा प्रकाशित गरेको नोट अनुसार, हडतालको प्रभाव बुधबार रातिबाटै […]