Home Login

पोर्चुगल— पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले पोर्चुगिज भाषा बोल्ने देशहरूको समुदाय (CPLP) का नागरिकहरूका लागि नयाँ भिसा नियम अनुमोदन गरेका छन्। जसले गर्दा उनीहरू पोर्चुगलमा सहजैसँग प्रवेश गर्न सक्छन्। CPLP देशका नागरिकहरूले भिसा बिना वा पर्यटक भिसामा पोर्चुगल प्रवेश गर्न सक्नेछन्, र त्यसपछि देशमा रहँदा बसोबास अनुमतिको लागि आवेदन दिन सक्नेछन्। यो विशेष गरी […]

पोर्चुगल — अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको दोस्रो संस्करणको युरोप अन्तर्गत पोर्चुगलको राजधानी लिस्बानमा हुने अडिसनको तयारी पूरा भएको छ। आगामी फेब्रुअरी १५ र १६ मा पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा आयोजना हुने अडिसनको तयारी अन्तिम चरणमा रहेको हो । इन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाद्वारा आयोजित […]

एलिया लिम्बु । साइप्रस — नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो। फेब्रुअरी ९ तारिख आइतबार लिमासोलको नियो फियस्टा बेन्क्युट हलमा […]

ग्रीस — वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक ग्रीस पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासी सुस्ता, पूर्वी हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ झ्यालबास घर भई हाल काठमाडौं १६ बनस्थली बस्ने ३० वर्षीय रोश्मी सोती रहेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोतीलाई मंगलबार पक्राउ गरेको हो। सोतीले ग्रीस […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया – रोमानियामा रहेका हिमाली बौद्ध धर्मावलम्बी शेर्पा समुदायको प्रमुख पर्व ग्याल्पो ल्होसार २१५२ (श्यिङ मो डुल लो – काठ स्त्री वर्ष) भव्य र उल्लासमय रूपमा मनाउनको लागि शेर्पा किदुग रोमानिया ले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी मार्च ९, २०२५ (आइतवार) का दिन बुकारेष्ट सेक्टर १, रेष्टुरेन्ट इस्ट को सभा […]

पोर्चुगल — जनयुद्धको वार्षिक उत्सवको अवसरमा पोर्चुगलको राजधानी लिस्बानमा पोर्चुगलमा रहेको माओवादीहरूले शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। फेब्रुरी १६ तारिख राजधानी लिस्बानमा रहेको रेस्टुरेन्ट एभरेस्ट नेपालमा उक्त कार्यक्रम हुने भएको हो। पोर्चुगलमा रहेका विभिन्न संघसंस्थाहरूलाई समेत उक्त कार्यक्रममा उपस्थिति हुनको लागि आयोजकहरुले आग्रह गरेको छ। नेपालमा १९९६ फेब्रुअरी १३ (२०५२ फागुन १) बाट तत्कालीन […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा रहेको पोखरा फुटबल क्लब पोर्चुगलले नेपालको पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई विभिन्न सामग्रीहरू सहयोग गरेको छ। क्लबका टोलीले गत सोमबार पर्यटकीय राजधानी पोखरा स्थित सितापाइला १७ मा रहेको वृद्धा आश्रमलाई खाना पकाउने भाँडा तथा खाद्यान्न सामग्रीहरु  उक्त क्लबका कार्यसमितिमा रहेका प्रजेश गुरुङ र प्रदिप मल्ल […]

साउदी अरब — साउदी अरबले एक हप्तामै २१ हजार बढी आप्रवासी कामदार पक्राउ गरेको छ। साउदीको गृह मन्त्रालयले जनवरी ३० देखि फेब्रुअरी ५ सम्मको अवधिमा २१ हजार ४ सय ७७ आप्रवासी कामदार पक्राउ गरेको  जनाएको हो । आवास सीमा सुरक्षा तथा श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा उनीहरूलाई गिरफ्तार गरिएको हो। जसमध्ये १३ हजार ६ सय […]

अशिम लोप्चन तामाङ । माल्टा — सान्वी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको नेपाली फिल्म ‘रंगी’ फेब्रुअरी २२ तारिख माल्टाको ईडेन सिनेमाजमा प्रदर्शन हुने भएको छ। मगवर्ट प्रोडक्सनको आयोजनामा प्रदर्शन गर्न लागिएको यो चलचित्रले बुबा र छोरीबीचको सम्बन्ध र सङघर्षलाई कथामा प्रस्तुत गर्न खोजिएको छ। यो चलचित्र सुरेश न्यौपानेको निर्देशनमा बनेको हो भने, सौरभ लामाले छायांकनले गरेका […]

अस्ट्रेलिया — हाल अस्ट्रेलियाली विद्यार्थी भर्ना सङ्ख्यामा कोटा निर्धारण तोकेको छ। त्यससँगै अस्ट्रेलियाले स्थायी आवास अनुमतिपत्र पीआरको कोटा केही मात्रामा घटाएको छ। यस्तो अवस्थामा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको भिसा लिन झन् असहज बन्दै गएको छ भने पिआरका लागि समेत असहज बन्न सक्छ। अस्ट्रेलियाको पिआर अस्वीकृत हुनबाट कसरी जोगिने ? पिआर अस्वीकृत हुने मुख्य कारणहरु :  कुनै […]