Home Login

हाम्रो हालको फेसबुक रिल्स

बेल्जियम — बेल्जियम अधिराज्यका लागि नेपालकी राजदूत सेवा लम्सालले बेल्जियमका नरेश फिलिपेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । ब्रसेल्सस्थित राजदरबारमा बुधबार आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो । प्रमाणपत्र पेस गरेपछि बेल्जियमका नरेशसँग भएको शिष्टाचार भेटमा राजदूत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट मौसूफको सुख, सुस्वास्थ्यका साथै बेल्जियमका जनताको निरन्तर समृद्धिको कामना गरेको […]

काठमाडौं — काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्ने भएकी छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरुबारे जानकारी दिने र काठमाडौं महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उदेश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो । उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरुको अध्ययन भ्रमण […]

बेल्जियम — गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् बेल्जियमले एनआरएनए  उच्चस्तरीय समितिको वेबसाइटबाट  सदस्य बन्न आह्वान गरेको छ । सङ्घकी अध्यक्ष सीता सापकोटाले  एनसीसी बेल्जियमले  उच्चस्तरीय समितिको वेबसाइटबाट  सदस्य बन्न बेल्जियम निवासी सबै एनआरएनहरूलाई आह्वान गर्ने जानकारी दिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक अपिल गर्दै अध्यक्ष सापकोटाले अप्रिल ७ तारिख, २०२५ भित्र सदस्यता लिएर […]

बेल्जियम — बेल्जियम स्थित नेपाली वैचारिक संस्थाहरूको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक भएको छ। नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास गुरुङ, नेपाली एकता समाज बेल्जियमका अध्यक्ष बलकृष्ण कडेल र नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको अध्यक्ष मेख गुरुङहरूको हस्ताक्षरमा संयुक्त विज्ञप्ति सार्वजनिक भएको छ। नेपालको वर्तमान तरल राजनीतिक अवस्थाप्रति बेल्जियम स्थित […]

बेल्जियम — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका पत्रकार केजिन राई प्रवासमा रहेर जनपक्षीय पत्रकारिता मार्फत समाज रुपान्तरणमा अतुलनीय योगदान पुर्याउनु भएकोमा प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट क्रियाशील पत्रकारिता मर्फत चैत्र १६ गते पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ युरोप शाखाका अध्यक्ष समेत रहेका राईले वि.सं. २०४७ सालबाट व्यवसायिक पत्रकारिता शुरु गर्नुभएको थियो । […]

(नेपाली व्यवसायी संघ बेल्जियम र महामहिम राजदूत सेवा लम्सालबीच भेटघाट तथा अन्तरक्रिया सम्पन्न) इन्दिरा चाम्लिंग, काजाब्लांका क्यासेल्लो । नेपाली व्यवसायी संघ बेल्जियमको सम्पूर्ण कार्यसमितिले बेल्जियम, नेदरल्याण्ड्स, र लक्जमबर्गका लागि नेपालका राजदूत तथा युरोपेली संघका लागि मिसन प्रमुख, नवनियुक्त महामहिम राजदूत सेवा लम्सालज्यूसँग संस्थागत भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ। कार्यक्रमको सञ्चालन संघका सचिव बाबुराम शर्माले […]

काजाब्लांका क्यासेल्लो ,बेल्जियम — गैर आवासीय नेपाली संघका अग्रजलअभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले एकता महाधिवेशनको कुनै पनि विकल्प नभएको बताएका छन् । एनआरएनए बेल्जियमद्वारा उच्चस्तरीय समितिका संयोजक डा.शेष घले तथा समितिका सदस्यहरूसँग हिजो आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै शर्माले एकता महाधिवेशनलाई सफल पार्न सक्दो सहयोग गर्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई आग्रह पनि गरे। केही समय […]

(पोर्टफोलियोमा राजदुत पछी पत्रकार सम्मानित हुन्छ , नबुझेर ब्यक्ति सस्थाले एनआरएन र स्थानीय संघसंस्थालाई सम्मान दिनु गलत हो – अध्यक्ष गम्बु शेर्पा) इन्दिरा चाम्लिंग । काजाब्लांका क्यासेल्लो — शेर्पा समुदायको नया बर्ष एबम महान चाड ग्याल्बो लोसार बेल्जियममा भब्यताका साथ मनाएको छ । शेर्पा किदुक बेल्जियमद्वारा आयोजित ग्याल्बो लोसार तथा साँगितिक साँझ मार्फत संकलित रकम […]

मनिश तमु — बेल्जियम । नेपालमा सशस्त्र माओवादी युद्ध सुरु भएको ३० वर्ष पुगेको अवसरमा नेपाली जनप्रगतिशील मञ्च तथा जनप्रगतिशील मोर्चा, बेल्जियम द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरी यो ऐतिहासिक क्षणलाई सम्झना गरिएको छ। शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा जनयुद्धका उपलब्धिहरू, परिवर्तनका सम्भावना, र समसामयिक राजनीतिक परिप्रेक्ष्यबारे गहन छलफल गरिएको […]

सुबास चाम्लिंग । ब्रुज बेल्जियम — तामाङ समाज बेल्जियमले रमणिय शहर ब्रुजमा आयोजना गरेको २८६१ सोनाम ल्होछार डूल ल्हो (सा पुख्री ल्हो) कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । ल्होऱ्छार कार्यक्रममा खाना तथा हल ब्यबस्थापन झोरमान वाईबा, अजय गुरुङ, ज्योति घिसिङ,लाल तामाङ, रुमेन छोतेन लगायत ब्रुजबासि तामाङ दाजुभाई तथा दिदिबहिनीहरुले गरेका थिए । मोलङको लागि […]