Home Login

हाम्रो हालको फेसबुक रिल्स

साइप्रस — साइप्रसका लागि बेलायती सर्वदलीय संसदीय समूह (एपीपीजी) को प्रतिनिधिमण्डल मे २९ सम्म साइप्रसमा रहने भएका छन् । प्रतिनिधिमण्डललाई मंगलबार राष्ट्रपति निकोस क्रिस्टोडाउलिड्सले स्वागत स्वागत गर्ने भएका छन् र स्वागत गरेसँगै सदनको भ्रमण समेत गर्ने समय तालिका रहेको छ । सदनको भ्रमण पछि विदेश तथा युरोपेली मामिला समितिसँग भेट गर्ने तालिका रहेको हो । […]

काठमाडौँ । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्सटन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् । उनी आगामी २८–२९ मेमा पहिलो पटक नेपाल भ्रमणमा आउने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन्। साथै, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि द्विपक्षीय भेटवार्ता […]

जापान — परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान पुगेकी छिन् । जापानको टोकियोमा बुधवारदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेकी हुन् । जापानमा मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्ततासम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ। एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान […]

बेल्जियम, आन्त्वर्पेन —  ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ प्रवासी नेपाली मंच युरोप महादेश समितिको दोस्रो भौतिक विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम आगामी ८ र ९ जुन २०२५ मा भव्य रूपमा आयोजना हुन लागेको छ। कार्यक्रम बेल्जियमको ऐतिहासिक शहर आन्त्वर्पेनमा सम्पन्न हुने छ। कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव श्री शंकर पोखरेल रहनेछन्। […]

बुकारेस्ट — मे १८ — रोमानियाको २०२५ मे १८ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा स्वतन्त्र उम्मेदवार तथा हालका बुकारेस्टका मेयर निकुशोर डान (Nicușor Dan) विजयी भएका छन्। उनले आफ्नो मुख्य प्रतिस्पर्धी, राष्ट्रवादी उम्मेदवार जर्ज सिमिओन (George Simion) लाई स्पष्ट मतान्तरले पराजित गर्दै कुल ५३.६ प्रतिशत मत प्राप्त गरेका हुन्। यस ऐतिहासिक जितसँगै निकुशोर डान अब रोमानियाको […]

बेलायत — पदबाट राजीनामा दिएकी जनमत पार्टी लुम्बिनी सभाकी सांसद गीता गुरूङ बेलायत आएको बताइएको छ । समानुपातिक सांसद रहेकी गीताले देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यतासहित जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै राजीनामा पत्रमा लेखेकी छन् । गीता अब बेलायतमै बस्ने […]

पोर्चुगल — पोर्चुगलमा आम चुनाव आउन एक हप्ता बाँकी रहदा वर्तमान प्रधानमन्त्री तथा सामाजिक प्रजातान्त्रिक पार्टी (PSD) का नेता लुइस मोन्टेनेग्रोले नेतृत्व गरिरहेको सत्तारूढ डेमोक्रेटिक एलायन्स (AD) ले मे १८ मा हुने आम निर्वाचन अघि सार्वजनिक गरिएको नयाँ मत सर्वेक्षणमा अग्रता कायम राखेको छ । संसदमा स्पष्ट बहुमतका लागि चाहिने मत प्राप्त गर्ने सम्भावना भने […]

बेलायत — प्रवासी नेपाली मञ्च (ओएनएफ यूके) बेलायतको ९ औं अधिवेशन आगामी जुन १५ मा हुने भएको छ । प्रवासी नेपाली मञ्च यूके अध्यक्ष तुंगभद्र भुसालको अध्यक्षतामा जुममा आइतबार बसेको २० औं कार्यसमितिको पूर्ण बैठकले आगामी १५ जुन २०२५ मा महाधिवेशन गर्ने निर्णय गरेको हो । बेलायतस्थित मिडल्यान्डमा आयोजना हुने अधिवेशनमा एमाले महासचिव शंकर पोखरेल […]

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आगामी मे १८ को निर्वाचनलाई ध्यानमा राखेर आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया तीव्र पारिएको भन्ने आरोप अस्वीकार गरेका छन् । सोमबार एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा स्पष्ट पारेका हुन् । उनले करिब ४ हजार ५ सय ७४ जना आप्रवासीलाई २० दिनभित्र देश छोड्न सूचित गर्ने प्रक्रिया सन् २०२३ को […]

बेलायत — बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबारी बरोमा नेपाली मूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्। विहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उनी बरोको इन्सवार्थ वडामा काउन्सिलरमा विजयी बनेकी हुन्। शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाएर जीत हासिल गरिन। उनका निकटतम प्रतिद्वन्दी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए। काउन्सिलर […]