Home Login

हाम्रो हालको फेसबुक रिल्स

काठमाडौं — बागमती सरसफाई महाअभियानबाट प्रेरित भई फोहरको श्रोत बाटै व्यवस्थापन गर्नुपर्छ भन्ने उदेश्यका साथ २०७४ बैशाख २ गते बाट शुरु भएको चक्रपथ सरसफाई अभियानको ४२७ औं हप्ताको पुर्व सन्ध्यामा आयोजित बृहत रक्तदान कार्यक्रम ११० पिन्ट रगत जम्मा गर्दै भव्यताको साथ सम्पन्न भएको छ । कार्यक्रममा ६३ बर्षकी महिला रामदेवी श्रेष्ठ जसले ११३ औं पटक […]

काठमाण्डौं — तारकेश्वर नगरपालिका वडा नं १० को सहयोगमा परिवर्तका निम्ती सहकार्य नेपालले आज लागू औषध र्दुव्यसनी तथा आत्महत्या दुरुत्साहन सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरिक्षक शालिग्राम शर्मा पौडेल र प्रहरी निरिक्षक शैलजा […]

एजेन्सी — अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय गरेको छ । यस निर्णयसँगै करिब ७ हजार नेपाली नागरिकलाई अब अमेरिका छाड्नुपर्ने अवस्था आएको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवाको आधिकारिक वेबसाइटमा प्रकाशित सूचना अनुसार, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालमा हालको अवस्थाको मूल्यांकन र सरोकारवाला निकायहरूसँगको परामर्शपछि यो निर्णय […]

एजेन्सी — अमेरिकाको भर्जिनिया राज्यस्थित मनासास पार्क शहरस्थित एउटा आवाशगृह भित्र नेपाली मूलका दुई वयस्क र दुई साना बालबालिकाको शव फेला परेको छ । प्रहरीका अनुसार घटनालाई प्रारम्भिक रूपमा ‘हत्या–आत्महत्या’ को दृष्टिले अनुसन्धान थालिएको छ। गएराति जुन ५ करिब ११ बजे लानाए मार्गको घर नम्बर ९४०० अवस्थित भूई तलामा कल्याणकारी जाच वेलफेयर चेक लागि बोलाइएको […]

पोर्चुगल — चर्चित लोकदोहोरी गायिका शान्ति श्री परियार संगीतिक कार्यक्रमका लागि युरोप आउने भएकी छिन् । मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका शान्ति श्री परियार कार्यक्रमको लागि युरोप आउने भएकी हुन् । पछिल्लो समय मेला महोत्सवमा निकै व्यस्त रहेकी गायिका तीजलाई मध्यनजर गर्दै युरोपको विभिन्न देशहरुमा आफ्नो सांगीतिक प्रस्तुति दिनको लागि युरोप […]

म्यानचेस्टर — नेपाली एसोसिएसन यूके- हिमालयन यति म्यानचेस्टरले आयोजना गरेको नलिना चित्रकार सांगीतिक साँझ सफलतापुर्वक सम्पन्न गरेको छ । मे  १ आइतबारका दिन म्यानचेस्टरको अल्त्रिनगाममा आयोजित कार्यकममा उल्लेख्य नेपाली दर्शकश्रोताहरुको उपस्थिति रहेको थियो । नेपाली संगीत क्षेत्रकि एक मुर्धन्य गायिका नलिना चित्रकारको मुख्य प्रस्तुति रहेको उक्त साँझमा रात्रि भोजको आयोजना गरिएको थियो । नेपाली एसोसिएसन […]

काठमाडौं, १९ जेष्ठ । राजा वीरेन्द्रको शान्ति क्षेत्र घोषणाको प्रस्ताव आज झन सान्दर्भिक भएको  सरोकारवालाहरुले बताएका छन् । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले राजा वीरेन्द्रको २४औं स्मृति सभाको अवसरमा आज ललितपुरको जावलाखेलस्थित वीरेन्द्रको सालिकमा माल्यापर्ण तथा दीप प्रज्वलन कार्यक्रममा सो कुरा बताइएको हो । नेपाललाई शान्ति क्षेत्र घोषणाका लागि राजा वीरेन्द्रले गरेको प्रयासलाई पूरा गर्न […]

पोर्चुगल — अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण भएको छ । पोर्चुगलका लागि नेपाली महामहिम राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेल, बिशिस्ट अतिथि नेपाली राजदुतावास पोर्चुगलका द्दितिय सचिब रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक […]

काठमाडौं — विश्व दूध दिवसको अवसर पारेर खुसी डेरी उद्योग प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकालाई दूध सेवन गराएको छ। उद्योगले तारकेश्वर नगरपालिका–३ स्थित डाँगाउँमा सञ्चालनमा रहेको मातृ नेपाल बालगृहमा आश्रित करिब ५० जना बालबालिकालाई  दूध वितरण गरेको हो। उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा खुसी डेरी उद्योगका सञ्चालक ध्रुव तिवारी, नेपाल डेरी […]

काठमाडौं — नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले राष्ट्रिय   उत्कृष्ट  सेवा सम्मान २०८२ प्राप्त गरेको छ । काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजना गरेको  शुभकामना बिशेश सम्मान समारोहमा प्रमुख अतिथि राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र बिशिस्ट  अतिथि पुर्ब मन्त्री  शेरबहादुर कुँवरले  फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद्  […]