Home Login

ब्रसेल्स, बेल्जियम —  युरोपेली संघ (ईयू) ले गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा परी अल जजीराका पत्रकारसहित पाँच जनाको मृत्यु भएको घटनाको कडा शब्दमा निन्दा गरेको छ । ईयूका विदेश नीति प्रमुख जोसेप बोरेलले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने अन्तर्राष्ट्रिय कानुनको स्मरण गराउँदै घटनाको निष्पक्ष छानबिन र प्रमाणको माग गरेका छन् । सोमबार ईयूका विदेश मन्त्रीहरूको भर्चुअल […]

माल्टा, २७ साउन । माल्टामा एक हिट एन्ड रन दुर्घटनामा परी ज्यान गुमाएका ४२ वर्षीय नेपाली नागरिक खिम बहादुर पुनको परिवारको सहयोगार्थ सञ्चालन गरिएको कोष सङ्कलन अभियानमा २४ घण्टा नबित्दै १४,३२६ युरोभन्दा बढी रकम जम्मा भएको छ । यो दुखद घटनाले माल्टाको नेपाली समुदाय र स्थानीय नागरिकलाई स्तब्ध बनाएको छ । गत आइतबार बिहान बर्किरकारास्थित […]

माल्टा — युरोपेली मुलुक माल्टामा आइतबार बिहान भएको एक दुःखद सडक दुर्घटनामा परी एक नेपाली नागरिकको निधन भएको छ । माल्टाको बिर्किकारामा भएको मोटरसाइकल दुर्घटनामा म्याग्दी जिल्लाका ४२ वर्षीय एक पुन थर भएका पुरुषको मृत्यु भएको हो । माल्टा प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटना स्थानीय समय अनुसार बिहान करिब ५:२० बजे त्रिक साल्भु प्साइला सडकमा […]

साइप्रस — साइप्रसको पर्यटकीय क्षेत्र फामागुस्तास्थित पोर्टारसको फिग ट्री वे नजिकैको समुन्द्र किनारमा एक नेपाली चेलीको डुबेर मृत्यु भएको छ । उस्मि रजक नाम गरेकी ती महिलाको शव समुन्द्रमा तैरिरहेको अवस्थामा फेला परेको र पारालिम्नी जनरल हस्पिटलले स्थानीय समयअनुसार बिहान ७:३० बजे मृत घोषणा गरेको बताइएको छ । यो दुःखद घटनाको विषयमा एनआरएनए साइप्रसले आफ्नो […]

पोर्चुगल — म्याग्दी जिल्लामा जन्म भई हाल रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-१५, सेम्लार रतनपुरमा स्थायी बसोबास गर्दै आउनुभएका र विगत १० वर्षदेखि पोर्चुगलमा कार्यरत ४१ वर्षीय काशीराम बुढाथोकी (गोरे) मगरको असामयिक निधन भएको छ । उहाँको शुक्रबार, ०१ अगस्ट २०२५ का दिन लिस्बनस्थित करी कब्राल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय बुढाथोकी आफ्ना बुवा […]

लिस्बन, पोर्चुगल — पोर्चुगलको उत्तरी क्षेत्रमा अवस्थित पोन्टे दा बार्का नगरपालिकामा शनिबार साँझदेखि लागेको डढेलो सोमबार दिउँसोदेखि झनै विकराल बनेको छ । तीव्र हावा र कठिन भू-धरातलका कारण आगो निभाउने प्रयासमा बाधा पुगेको छ भने आगो नियन्त्रण बाहिर गएको स्थानीय अधिकारीहरूले बताएका छन् । पेनेडा-गेरेस राष्ट्रिय निकुञ्ज अन्तर्गतको लिन्दोसो क्षेत्रबाट सुरु भएको यो डढेलो सोमबार […]

दोहा, कतार — पछिल्लो समय कतारमा अत्यधिक गर्मी र चिस्यान बढेको छ । कतारको मौसम विज्ञान विभागका अनुसार, आउँदा दिनहरूमा तापक्रम उच्च रहने र सापेक्षिक आर्द्रताको स्तर बढ्ने पूर्वानुमान गरिएको छ, जसले गर्दा जनजीवनमा असहजता महसुस हुनेछ । विभागले जारी गरेको विज्ञप्ति अनुसार, विशेष गरी रात र बिहानको समयमा चिस्यानको मात्रा बढ्ने र केही स्थानहरूमा […]

लिमासोल, साइप्रस — युरोपेली मुलुक साइप्रसको लिमासोल जिल्लामा बुधबार, २३ जुलाई २०२५ को दिउँसोदेखि सुरु भएको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ । तीव्र हावाहुरी र प्रचण्ड गर्मीका कारण आगोले भयानक रूप लिँदा कम्तिमा दुई जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । साइप्रसको अग्निनियन्त्रण विभागका प्रमुख निकोस लङ्गिनोसका अनुसार, जलेको […]

लिस्बन — पोर्चुगल लगायत युरोपका अधिकांश मुलुकहरूमा जारी प्रचण्ड गर्मीको लहर तत्काल अन्त्य नहुने मौसमविद्हरूले बताएका छन् । विज्ञहरूका अनुसार, तातो र सुख्खा मौसम अझै केही हप्तासम्म रहन सक्ने देखिएको छ, जसले गर्दा जनजीवन प्रभावित हुनुका साथै डढेलोको जोखिम पनि बढेको छ । पोर्चुगलको मौसम विज्ञान संस्थान (IPMA) का अनुसार, देशका अधिकांश भागहरूमा तापक्रम औसतभन्दा […]

विप्लव काफ्ले — स्पेनमा एक नेपालीको हृदयघातका कारण ज्यान गएको छ । स्पेनको आल्तेयमा बस्दै आएका नवलपुरका विजय कुँवरको विहान २ बजे निधन भएको हो । नजिकैको समुन्द्रमा पौडी खेल्ने क्रममा निधन हुन पुगेको हो । कुँवर १२ वर्षदेखि स्पेनमा बस्दै आएका थिए । नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काको महासचिव रहेका उनी सेफ (कुक) थिए । उनको […]