जसमान दर्नाल जिवन, क्रोएसिया — आकस्मिक दुर्घटनामा परेर १५ दिन अघि मृत्यु भएका राप्ती नगरपालिका ४ चितवनका २७ वर्षीय नेपाली युवा राम कृष्ण श्रेष्ठको शव शुक्रबार नेपाल पठाइएको छ ।
एक वायर हाउसको काममा वर्ष दिन अघि १३ लाख खर्चिएर रोजगारीको लागि युरोपेली देस क्रोसिया आएका मृतक श्रेश्ठ यहि अगस्ट १५ तारिकका दिन आफ्नो नियमिती ड्युटी गरेर साइकलमा रुम फर्कदै गर्दा सडकमा लडेर बेहोस भएका थिए । तत्कालै सडकका मान्छेले उठाउन खोज्दा खोज्दै उनको निधन भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) क्रोएसियाले बताएको छ ।
हाम्रा प्रतिनिधि समेत रहेका नेपाल पत्रकार महासंघ युरोप शाखा सदस्य जसमान दर्नाल जिवनलाई एनआरएनए क्रोएसियाका वरिष्ठ उपाध्यक्ष हर्क साहुले बताए अनुसार मृतक श्रेष्ठको परिवारको आग्रहमा र उनकै नजिकका नातेदारको रोहबरमा एनआरएनए क्रोएसियाले अष्टृयाको भियना स्थित नेपाली राजदुतावास सग समन्वय गरी कानुनी प्रकिया पूरा गरेर शुक्रबार उनको शब टर्किस एयर्लाइन मार्फत नेपाल पठाइएको हो ।
यसै सन्दर्भमा एक नोट जारी गर्दै एनआरएनए क्रोएसियाका अध्यक्ष साइमन लामाले मृतक श्रेष्ठ प्रती श्रद्धाञ्जली अर्पण गरेका छन भने दिवङत श्रेष्ठको परिवार प्रति गहिरो समबेदना ब्याक्त गरेका छन ।