Home Login

नर्वे — पौष २७ राष्ट्रिय एकता दिवसको अवसरमा प्रवासी नेपाली सम्पर्क विभाग, नर्वे र नर्वेमा क्रियाशील “सद्भाव समूह नर्वे” (विवेकशील साझा पार्टीको प्रवासी समूह) बीच सांगठनिक एकता भएको छ । दुवै पक्षबीच भएको सहमतिअनुसार अब सबै गतिविधि प्रवासी नेपाली सम्पर्क विभाग, नर्वेको नामबाट सञ्चालन गरिनेछ । एकतासँगै नर्वेमा रहेका नेपाली समुदाय, संघ–संस्था र व्यक्तिहरूबीच आपसी […]

ओस्लो (नर्वे) — मगर समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई प्रवासमै जगेर्ना गर्ने उद्देश्यसहित मगर संघ नर्वेको आयोजनामा “माघेसक्रान्ति तथा सांस्कृतिक कार्यक्रम २०२६” नर्वेको राजधानी ओस्लोमा जनवरी ११, २०२६ का दिन भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो । पहिलो चरणमा कार्यक्रमको औपचारिक उद्घाटनसँगै प्रमुख अतिथि तथा मगर संघका सम्माननीय […]

नर्वे — नेपाली कांग्रेसभित्र उठेको विशेष महाधिवेशनको मागलाई नेपाली जनसम्पर्क समिति नर्वेले सकारात्मक र ऐतिहासिक कदमको रूपमा स्वागत गरेको छ । भदौ २३ र २४ पछि विकसित राजनीतिक परिस्थितिमा पार्टीलाई संस्थागत गर्न, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र जिम्मेवार नेतृत्व स्थापित गर्न विशेष महाधिवेशन आवश्यक रहेको समितिको ठहर छ । आम कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिहरूको सक्रिय […]

नर्वे — मगर संघ नर्वेले आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित मगर भाषा तथा सांस्कृतिक कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ । संघले “हाम्रो भाषा, कला, संस्कृति र परम्पराको संरक्षणमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम २०२६ जनवरी ११ तारिख, आइतबार दिउँसो ठीक […]

नर्वे — नेपाली पोर्चुगिस समाज-नर्वेको सातौँ अधिवेशनले प्रेम बहादुर परियारको अध्यक्षतामा २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशन डिसेम्बर २५, २०२५ का दिन ओस्लोस्थित नेपाली हाउस नेपाली रेस्टुरेन्टमा सम्पन्न भएको हो । नवगठित कार्यसमितिमा उपाध्यक्षका रूपमा महेन्द्र खड्का, सम्झना शर्मा बराल र जीवन भट्टराई चयन भएका छन् । महासचिवमा प्रवर्ता पन्थी गैह्रे, […]

नर्वे — ओस्लोस्थित नेपाली चर्चमा क्रिसमस उत्सव २०२५ भव्य रूपमा सम्पन्न भएको छ । प्रभु येशू ख्रीष्टको जन्मको स्मरणमा आयोजित कार्यक्रममा नेपाली ख्रीष्टियन समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष आराधना, भजन–कीर्तन, प्रार्थना तथा आत्मीय संगतिका कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । सहभागीहरूले क्रिसमसको साँचो अर्थ—प्रेम, शान्ति, करुणा र आशाको सन्देश—लाई आत्मसात् गर्दै उत्सव […]

ओस्लो (नर्वे) — माङ्ग्फ़ोल्ड नेपाल–नोर्गेको मुख्य आयोजनामा नर्वेको राजधानी ओस्लोमा ‘माङ्ग्फ़ोल्ड मल्टिकल्चरल शो-केस २०२५’ (Mangfold Multicultural Show-Case 2025) कार्यक्रम उल्लासमय वातावरण र भव्यताका साथ सम्पन्न भएको छ । कला र संस्कृतिको माध्यमबाट विभिन्न देशहरूबीच भाइचारा र सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले आयोजित यो कार्यक्रम पूर्ण रूपमा सफल भएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपालसहित थाइल्यान्ड, श्रीलंका, […]

नर्वे — नेपालमा भएको दुखद घटनाप्रति ऐक्यबद्धता जनाउँदै एनआरएनए एनसीसी नर्वेको आह्वानमा नर्वेको संसद भवन अगाडि श्रद्धाञ्जली तथा विरोध कार्यक्रम सम्पन्न भएको छ । नर्वेको राजधानी ओस्लो आसपासमा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको उक्त कार्यक्रममा, भदौ २३ गते (सेप्टेम्बर ८, २०२५) मा जेनजीद्वारा आयोजित विरोध सभामा अकालमा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । […]

ओस्लो, नर्वे —  स्याङ्जा जिल्ला, कालिगण्डकी गाउँपालिका वडा नं. ३, विर्घा भुष्टुङ गाउँका विष्णु प्रसाद पाण्डेको नर्वेको राजधानी ओस्लोस्थित कालबक्केन क्षेत्रमा भएको एक सडक दुर्घटनामा परी दुःखद निधन भएको छ । पारिवारिक स्रोतका अनुसार, परिवारजनको इच्छाबमोजिम दिवङ्गत पाण्डेको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि स्वदेश नेपाल लैजाने तयारी गरिएको छ । यसका लागि लाग्ने अनुमानित खर्च […]

ओस्लो, नर्वे — नर्वेमा बसोबास गर्ने नेपाली समुदायलाई खेलकुदको माध्यमबाट एउटै मैदानमा उतार्ने उद्देश्यले आयोजना गरिएको “ओएनएफ टि-१० रनिङ शिल्ड क्रिकेट २०२५” प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ओस्लोस्थित Kringsjå खेलमैदानमा सम्पन्न रोमाञ्चक फाइनलमा हिमालयन भाइकिङ्सलाई पराजित गर्दै जेएसएस नर्वेले यस वर्षको प्रतिष्ठित उपाधि चुम्न सफल भएको हो । प्रतियोगिताको शुभारम्भ बिहान ८ […]