Home Login

बार्सिलोना (स्पेन) — स्पेन सरकारले देशमा बिना अनुमति बसोबास गरिरहेका करिब ५ लाख आप्रवासीहरूलाई लक्षित गर्दै एक ठूलो नियमितीकरण कार्यक्रमको घोषणा गरेसँगै यहाँका विदेशी समुदायमा नयाँ उत्साह र व्यस्तता थपिएको छ । जनवरी २७, २०२६ का दिन म्याड्रिडमा समाजवादी नेतृत्वको गठबन्धन सरकारले चालेको यो कदमले वर्षौंदेखि कानुनी पहिचानको पर्खाइमा रहेका हजारौँ आप्रवासीहरूका लागि नागरिकता र […]

बार्सिलोना (स्पेन) — स्पेनको बार्सिलोनामा तामाङ समुदायको महान् तथा ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होछार यस वर्ष निकै भव्यताका साथ मनाइने भएको छ । तामाङ समुदायको मन्जुश्री २८६२ औं सोनाम ल्होछार अर्थात् ‘ता ल्हो’ (घोडा वर्ग) को पावन अवसर पारेर नेपाल तामाङ एकता समाज स्पेनले यही आउँदो जनवरी १८ तारिखका दिन बार्सिलोना स्थित ‘कासा दे टिबेट’ […]

स्पेन (बार्सिलोना) — नेपाली लोक साहित्यको प्रवर्द्धन, संरक्षण र व्यवस्थापन गर्दै यूरोपलाई कर्मथलो बनाएका प्रवासी नेपाली कलाकारहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापित राष्ट्रीय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल, यूरोप शाखाले आफ्नो चौथो अधिवेशनको तयारी पूरा गरेको छ । आगामी नोभेम्बर ४ शनिबारका दिन स्पेनको पर्यटकीय शहर बार्सिलोनामा संस्थाको चौथो अधिवेशन भव्यताका साथ आयोजना हुन लागेको […]

बार्सिलोना, स्पेन – स्पेनको बार्सिलोना र यस वरपरका क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूका लागि एक महत्त्वपूर्ण र खुसीको खबर छ । म्याड्रिडस्थित नेपाली राजदूतावासले घुम्ती कन्सुलर सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ, जसले गर्दा स्थानीय नेपालीहरूले राहदानी (पासपोर्ट) नवीकरण लगायत अन्य अत्यावश्यक कन्सुलर सेवाहरू आफ्नै शहरमा पाउने भएका छन् । यो घुम्ती सेवा विशेष […]

बार्सिलोना — स्पेनले २०२४ मा १६ लाख शेन्जेन भिसा आवेदनहरू प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको १४ लाख भन्दा १५.६ प्रतिशतले बढी हो। SchengenVisaInfo द्वारा प्रकाशित तथ्याङ्क अनुसार, स्पेन सबैभन्दा धेरै भिसा आवेदकहरू भएको दोस्रो देश बनेको छ । जुन चिनियाँ आवेदकहरूको संख्यामा ७१.३ प्रतिशतको वृद्धिले गर्दा हो, जसले स्पेनमा मात्र २ लाख ५४ हजार […]

बार्सिलोना — नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र प्ला कमुनीतारीया (सांस्कृतिक विभाग) को सहकार्यमा आयोजित नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हिजो आइतबार सम्पन्न भएको छ । विश्वकै चर्चित पर्यटकीय गन्तव्य स्पेनको साग्रदा फामीलीया अगाडि नेपाली झण्डा फराफराउँदै नेपालीहरु दौरा सुरूवाल, ढाका टोपी, भादगाउँले टोपी लगाएर छम छम नाचेका थिए । कार्यक्रममा नौमति पञ्चैबाजाको […]

बार्सिलोना — स्पेनका लागि नवनियुक्त नेपाली राजदूत शनिल नेपालले स्पेनका राजा फेलिपे छैठौंसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्। मंगलबार म्याड्रिडस्थित राजदरबारमा आयोजित एक विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका हुन् । त्यसपछि उनले राजा फेलिपेसँग नेपाल तथा स्पेनबीच द्विपक्षीय सम्बन्धका बारेमा छोटो वार्ता पनि गरेका थिए ।  त्यस अघि विशेष सुरक्षा सहित […]