Home Login

जाग्रेब (क्रोएसिया) — वैदेशिक रोजगारीको सिलसिलामा क्रोएसियालाई आफ्नो कर्मथलो बनाइरहेका नेपालीहरू संगठित हुन थालेका छन् । क्रोएसियामा छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई एउटै सूत्रमा बाँध्ने र आपसी भाइचारा अभिवृद्धि गर्ने पवित्र उद्देश्यका साथ हालै ‘नेपाली स्वतन्त्र समाज क्रोएसिया’ को औपचारिक गठन गरिएको छ । समाजकी नवनियुक्त कोषाध्यक्ष लक्ष्मी के.सी.का अनुसार, यो संस्थाको स्थापना मुख्यतः प्रवासमा रहेका […]

जसमान् दर्नाल ‘जिवन’  (क्रोएसिया) — सात समुद्र पारिको बसाइ, कामको चाप, प्रतिकुल मौसम र समयको पाबन्दीका बाबजुद पनि नेपाली कला, संस्कृति र संगीतप्रतिको मोह कत्ति पनि कम भएको छैन । बरु, पछिल्लो समय युरोपेली मुलुक क्रोएसिया नेपाली युवापुस्ताका लागि सांगीतिक सिर्जनाको नयाँ उर्वर थलो बन्दै गएको छ । परदेशी भूमिका तमाम चुनौतीहरूलाई अवसर र सिर्जनामा […]

जसमान दर्नाल जिवन (क्रोएसिया) — वैदेशिक रोजगारीको शिलशिलामा विगत पाँच वर्षदेखि युरोपेली मुलुक क्रोएसियामा संघर्षरत युवा गायक मनि काफ्लेले अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर आफ्नो नयाँ सांगीतिक सिर्जना दर्शक तथा श्रोतामाझ ल्याएका छन् । परदेशको व्यस्त दैनिकी र संघर्षका बीच पनि नेपाली संगीतप्रतिको अगाध प्रेमलाई जीवित राख्दै उनले ‘शुन्यता’ बोलको नयाँ म्युजिक भिडियो […]

जसमान दर्नाल जिवन (जाग्रेब, क्रोएसिया) — म्याग्दी प्रवासी नेपाली संघ (मोना), राष्ट्रिय कार्यकारी समिति क्रोएसियाको मुख्य आयोजनामा सञ्चालित ‘तेस्रो मोना भलिबल कप’ सोमबार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । प्रवासमा रहेर पनि आफ्नो खेल कौशल प्रदर्शन गर्न र नेपालीहरुबीचको एकतालाई मजबुत बनाउन आयोजना गरिएको यो प्रतियोगिता ऐतिहासिक रूपमा सफल भएको आयोजकले जनाएको छ […]

जसमान दर्नाल, जिवन (क्रोएसिया) — युरोपेली श्रम बजारमा पछिल्लो समय आकर्षक गन्तव्य बनिरहेको क्रोएसियाले विदेशी कामदार र उनीहरूलाई रोजगारी दिने कम्पनीहरूमाथि कडा निगरानी सुरु गरेको छ । आफ्नो देशको श्रम बजारलाई व्यवस्थित, न्यायोचित र स्थायी बनाउने उद्देश्यसहित क्रोएसिया सरकारले विदेशी कामदारसम्बन्धी नियमहरूमा व्यापक कडाइ गरेको हो । विशेष गरी अवैध रूपमा हुने कामलाई निरुत्साहित गर्न […]

जसमान दर्नाल जिवन, जाग्रेब  — तामाङ समाज क्रोएसियाले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सब यहीँ डिसेम्बर १४ गते आयोजना गर्ने भएको छ । वार्षिक साधारण सभा सहित क्रोएसियाको राजधानी जाग्रेबस्थित सेन्टर स्क्वायर, Ritam Grada – Gajeva Ulica 2, Zagreb, Grad Zagreb 10000 मा कार्यक्रम हुनेछ । स्थान छानिँदा सहज पहुँच, सार्वजनिक यातायात सुविधा र सामुदायिक गतिविधिका लागि […]

जसमान दर्नाल ‘जीवन’/ जाग्रेब, क्रोएसिया — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक क्रोएसियामा कार्यरत एक नेपाली युवाको रेल दुर्घटनामा परी दुःखद निधन भएको छ । सोमबार साँझ काम सकेर बासस्थान फर्कने क्रममा भएको दुर्घटनामा काभ्रेपलाञ्चोक जिल्ला, धुलिखेल नगरपालिका–२ का ३८ वर्षीय सन्तोष सापकोटाको ज्यान गएको हो । घटना सोमबार बेलुकी करिब ८ बजेको हो । क्रोएसियाको […]

क्रोएसिया —  क्रोएसिया फिफा विश्वकपमा छनौट भएको छ । क्रोएसियाले गएराती फारो आइल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेसँगै युरोपको छनौट अन्तर्गत समुह एलबाट विश्वकपमा छनौट भएको हो । क्रोएसियाको समुह एल मा ७ खेलमा १९ अंक भएको छ र समुहमा शिर्ष सतहमा छ । समुह एल मा चेक रिपब्लिक ७ खेलमा १३ अंकसहित दोस्रो स्थानमा […]

जाग्रेब, क्रोएसिया —  क्रोएसियाले आफ्नो विदेशी श्रम बजारमा ठूलो नीतिगत परिवर्तन गर्दै विदेशी कामदारहरूको अनुमतिपत्रमा उल्लेख्य कटौती गरेको छ । साथै, श्रम अनुमति नवीकरणका लागि क्रोएसियाली भाषाको न्यूनतम ज्ञान अनिवार्य गर्ने गरी नयाँ कानून प्रस्ताव गरिएको छ । आधिकारिक तथ्याङ्कअनुसार, सन् २०२४ को पहिलो दश महिनामा गत वर्षको सोही अवधिको तुलनामा लगभग २८ हजार कम […]

जसमान् दर्नाल जिवन, जाग्रीब । युरोपियन युनियनको सेन्जेन देश क्रोएसियाली सरकारले सन् २०२६ को लागि देशको न्यूनतम ज्याला प्रति महिना १ हजार ५० युरो तोकेको नयाँ नियमन अपनाएको छ । यो निर्णयले २०२५ को न्यूनतम ज्यालाको तुलनामा ८० प्रतिशतले वृद्धि भएको HRT ले रिपोर्ट गरेको छ । सरकारका अनुसार यो समायोजनले क्रोएसियाभरि निरन्तर आर्थिक वृद्धि, […]