Home Login
क्रोएसिया

तामाङ समाज क्रोएसियाको वार्षिकोत्सब डिसेम्बर १४ मा हुने

जसमान दर्नाल जिवन, जाग्रेब  तामाङ समाज क्रोएसियाले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सब यहीँ डिसेम्बर १४ गते आयोजना गर्ने भएको छ ।

वार्षिक साधारण सभा सहित क्रोएसियाको राजधानी जाग्रेबस्थित सेन्टर स्क्वायर, Ritam Grada – Gajeva Ulica 2, Zagreb, Grad Zagreb 10000 मा कार्यक्रम हुनेछ । स्थान छानिँदा सहज पहुँच, सार्वजनिक यातायात सुविधा र सामुदायिक गतिविधिका लागि उपयुक्त वातावरणलाई प्राथमिकता दिइएर व्यापक नेपाली समुदायको उपस्थितिको आहजताका लागि उपयुक्त स्थान चानिएको आयोजक तामाङ समाजका अध्यक्ष प्रकाश तामाङले जानकारी दिए ।

तामाङ समाज क्रोएसियाका अध्यक्ष प्रकाशले कार्यक्रममा सक्रिय सहभागि भई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि सहयोग, सहकार्य गर्नका लागि आग्रह पनि  गरेका छन् । अध्यक्ष तामाङले क्रोएसिया एवं विश्वभर छरिएर रहेका तामाङ समुदायलाई आफ्नो पहिचान, मौलिकता र सांस्कृतिक गौरवसहित एकताबद्ध बन्न आग्रह गर्दै सभामा सहभागी हुन सार्वजनिक निमन्त्रणा समेत गरेका छन् ।

सार्बजनिक अपिल गर्दै अध्यक्ष तामाङले भनेका छन-“यो साधारण सभा क्रोएसियामा रहेका तामाङ समुदायको एकता, पहिचान र सांस्कृतिक जगेर्नाका लागि महत्वपूर्ण मञ्चका रूपमा रहने बताइएको छ । “विश्वभरि छरिएर रहेका तामाङहरू एक हौं, आफ्नो भाषा, धर्म र संस्कृतिको जगेर्ना गरौं” भन्ने मूल नारासहित यस वर्षको सभा आयोजना गर्न लागिएको हो ।”

कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुतिकरण, आर्थिक विवरण, आगामी वर्षको योजना तथा कार्यक्रम पारित गर्ने विषयहरू समावेश गरिने संस्थाले जनाएको छ । साथै, सांस्कृतिक चिनारी, परम्परा संरक्षण, समुदायिक सञ्जाल विस्तार, युवा सहभागिता वृद्धि तथा आपसी प्रेम र सहकार्य मजबुत बनाउने विषयमा समेत छलफल गरिने आयोजकले जनाएको छ ।

तामाङ समाज क्रोएसिया अघिल्लो वर्ष गठन भई स्थानीय समुदायमा नेपाली सांस्कृतिक पहिचान प्रवर्द्धन, आपतकालीन सहयोग, सांस्कृतिक कार्यक्रम तथा प्रवासी नेपालीहरूबीच समन्वय गर्ने विभिन्न औपचारिक एवं अनौपचारिक गतिविधि गर्दै आएको छ ।

Leave a Reply