Home Login

पोर्चुगल — पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम विश्वकप हुने बताएका छन् । क्लब र अन्तर्राष्ट्रिय खेलमा ९५० भन्दा बढी गोल गरेका ४० वर्षे फरवार्ड रोनाल्डोले आगामी दुई वर्षभित्र फुटबलबाट सन्यास लिने बताए । “यो निश्चित हो,” उनले भिडियो लिङ्कमा साउदी फोरमसँग भने । उनलाई सोधिएको प्रश्नमा उनले भने, “सन् […]

पोर्चुगल — नोभेम्बर महिना सुरु भएसँगै पोर्चुगल लगायत युरोपका अधिकांश देशहरूमा ‘ब्ल्याक फ्राइडे’ (Black Friday) को चर्चा र तयारी तीव्र रूपमा अगाडि बढेको छ । सपिङ मलहरूमा ठूला ‘SALE’ (छुट) का ब्यानरहरू देखिन थालेका छन् भने अनलाइन E-commerce (ई-कमर्स) वेबसाइटहरूले ‘अविश्वसनीय छुट’ को बाचा गर्दै ग्राहकहरूलाई आकर्षित गर्न थालिसकेका छन् । पछिल्ला केही वर्षदेखि नोभेम्बर […]

पोर्चुगल — गत वर्ष बक्स अफिसमा कीर्तिमानी सफलता हासिल गरेको नेपाली चलचित्र ‘जारी’को दोस्रो श्रृंखला ‘जारी २’ युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपाली दर्शकहरूका लागि यो चलचित्र भोलि आइतबारदेखि नोभेम्बर ९ देखि प्रदर्शनमा आउन लागेको हो । पोर्चुगलस्थित नेल्स इन्टरटेन्मेन्ट, गुरुङ केएनएस ईन्टरटेन्मेन्ट र केन्द्र मोशन पिक्चर्सले संयुक्त रूपमा […]

लिस्बन — पोर्चुगल सरकारले आफ्नो विश्वव्यापी कूटनीतिक सञ्जाल विस्तार गर्ने महत्वपूर्ण योजना अघि सारेको छ । राज्य तथा विदेश मामिला मन्त्री पाउलो रङ्गेलले भियतनाममा पोर्चुगिज दूतावास ‘अब खुल्नेछ’ भनी घोषणा गर्नुभएको छ । सन् २०२६ को राज्य बजेट (OE2026) सम्बन्धी संयुक्त संसदीय सुनुवाइको क्रममा बोल्दै मन्त्री रङ्गेलले भन्नुभयो, ‘द्विपक्षीय कूटनीतिको सन्दर्भमा, हामी यसलाई स्पष्ट रूपमा […]

पोर्चुगलका प्रबन्ध निर्देशक पाब्लो पास्टेगाद्वारा रेडे एक्सप्रेसोसमाथि ‘एकाधिकार’ चलाएको आरोप; युरोपेली आयोग जाने चेतावनी लिस्बन — जर्मन बहुराष्ट्रिय यातायात कम्पनी फ्लिक्सबसले लिस्बनको मुख्य बस टर्मिनल (सेटे रियोस) मा पहुँचमा भएको अवरोधका कारण सन् २०२४ मा १२.५ मिलियन युरो (करिब १ अर्ब ६५ करोड नेपाली रुपैयाँ) को घाटा व्यहोरेको खुलासा गरेको छ । कम्पनीले यो घाटा […]

पोर्चुगल — शुक्रबार स्वर्गीय यमबहादुर राना मगरप्रति श्रद्धाञ्जली कार्यक्रम सम्मानपूर्वक सम्पन्न भएको छ । कार्यक्रममा एनआरएनए पोर्चुगलका आईसीसी सदस्य, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव, सदस्यहरू, विभिन्न समाजका प्रतिनिधिहरू को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सम्पन्नलगत्तै स्वर्गीय राना मगरको पार्थिव शरीर नेपाल पठाउने तयारीका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको छ । फ्युनरल सर्विसका अनुसार […]

पोर्चुगल — नेकपा पोर्चुगलको कार्यसमिति सचिवालय सदस्य, नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलका सल्लाहकार तथा हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य रहेका प्रेमचन्द्र भण्डारीको शवको अन्त्येष्टि पोर्चुगलमा सम्पन्न गरिएको छ । कार्यक्रम अत्यन्तै सामान्य र शालीन औपचारिकताका साथ सम्पन्न गरिएको थियो । अन्त्येष्टि कार्यक्रममा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रकी शान्ता थापाले महाप्रस्थानका बेला तीनपटक ‘ॐकार’ उच्चारण गर्दै दिवंगत […]

पोर्चुगल (लिस्बन) —  लिस्बनस्थित नेपाली राजदूतावासले पोर्चुगलको दक्षिणी अल्गार्भ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई लक्षित गरी फारो सहरमा विशेष घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । आगामी नोभेम्बर १ र २ तारिखमा सञ्चालन हुने यस शिविरमार्फत नेपाली राहदानी (पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र तथा पारिवारिक कागजात प्रमाणीकरण जस्ता महत्त्वपूर्ण कन्सुलर सेवाहरू प्रदान गरिने दूतावासले जनाएको […]

पोर्चुगल — पोर्चुगलमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका एकजना कर्मठ नेपाली समाजसेवी तथा वामपन्थी अभियन्ता भण्डारीको निधन भएको छ । उहाँको निधनको खबरसँगै पोर्चुगल तथा युरोपमा रहेका प्रवासी नेपाली समुदाय स्तब्ध बनेको छ । स्वर्गीय भण्डारी हाल नेपाली जनप्रगतिशील मञ्च यूरोपका सदस्य हुनुहुन्थ्यो । यसअघि उहाँले पोर्चुगलमा नेपाली समुदायको हकहित र जनसंगठन विस्तारमा नेतृत्वदायी भूमिका […]

(पोर्चुगलको नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्‍याउन ऐतिहासिक सहकार्यको सुरुवात) पोर्चुगल —  पोर्चुगलको सक्रिय र प्रतिष्ठित सामुदायिक संस्था नेपाली क्लब साओ टियोटोनियोले आफ्नो बहुप्रतीक्षित फुटबल प्रतियोगिता “दोस्रो साओ टियोटोनियो गोल्ड कप २०२५” को लागि आधिकारिक मिडिया पार्टनरको रूपमा युरोपाटीलाई चयन गरेको छ । क्लबले एक “गौरवशाली घोषणा” जारी गर्दै यस महत्त्वपूर्ण साझेदारीको औपचारिक जानकारी दिएको हो […]