Home Login
मौसम अपडेट

भारी वर्षा र खस्रो समुद्रको कारण पोर्चुगलका तटीय क्षेत्रमा उच्च सतर्कता

लिस्बन (पोर्चुगल) — पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एट्मोस्फियर (IPMA) ले आज शनिबारका लागि विशेष गरी उत्तरी र तटीय क्षेत्रहरूमा प्रतिकूल मौसमको भविष्यवाणी गरेको छ । भारी वर्षा, तीव्र हावा, र समुद्रमा उठ्ने अग्ला छालहरूका कारण नागरिक तथा समुद्री यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

१. मुख्य चेतावनीहरू (IPMA अलर्ट)

मौसम विभागले तटीय क्षेत्रहरूमा गम्भीर चेतावनी जारी गरेको छ ।

समुद्री चेतावनी (खस्रो समुद्र) : कुल १० जिल्लाहरूमा पहेँलो तह (Yellow Warning) को चेतावनी जारी गरिएको छ । यसमध्ये ७ जिल्लाहरूमा बिहान ०९:०० बजेदेखि जोखिम बढ्ने हुँदा चेतावनीको स्तर बढाएर सुन्तला तह (Orange Warning)मा पुर्‍याइएको छ । यो चेतावनी भोलि (आइतबार) बिहान ०६:०० बजेसम्म कायम रहनेछ । उत्तरपश्चिमी छालहरूको महत्त्वपूर्ण उचाइ ४ देखि ४.५ मिटर र अधिकतम उचाइ ११ मिटरसम्म पुग्ने अनुमान गरिएको छ । देशका ६ वटा जिल्लाहरूमा दिउँसो १५:०० (३ बजे) सम्म भारी वर्षाको कारण पहेँलो चेतावनी जारी गरिएको छ।

समुद्री र तटीय गतिविधिहरूको निगरानी गर्न IPMA को आधिकारिक लिङ्क प्रयोग गर्न सुझाव दिइएको छ । IPMA तटीय निगरानी

२. क्षेत्रगत मौसम पूर्वानुमान

क) उत्तरी क्षेत्र (मोन्टेजुनटो-एस्ट्रेला पर्वतमालाको उत्तर)

दिनभर धेरै बादल लाग्नेछ, यद्यपि दिउँसो मध्य तटीय क्षेत्रमा आकाश केही सफा हुन सक्नेछ । विशेष गरी मिन्हो (Minho)डोउरो लिटोरल (Douro Litoral) क्षेत्रमा दिउँसो मध्यान्हसम्म लगातार र भारी वर्षाको सम्भावना छ । क्षिण/दक्षिणपश्चिमबाट ३० किमी/घण्टाको गतिमा हावा चल्नेछ। उच्च पहाडी भेगमा हावाको गति ४५ किमी/घण्टासम्म पुग्न सक्छ । हानीपख कुहिरो लाग्ने र न्यूनतम तापक्रममा सामान्य वृद्धि हुनेछ ।

ख) दक्षिणी क्षेत्र (मोन्टेजुनटो-एस्ट्रेला पर्वतमालाको दक्षिण)

सामान्यतया बादलले ढाकेको रहनेछ, तर दिउँसो केही समयका लागि बादल हट्न सक्छ । यहाँ वर्षाको सम्भावना कम छ; हल्का र फाट्टफुट्ट वर्षा हुन सक्छ ।पहाडी क्षेत्रमा बिहानको समयमा ४० किमी/घण्टासम्मको तीव्र हावा चल्नेछ भने तल्लो एलेन्तेजो र अल्गार्वेमा हावा हल्का हुनेछ । बिहान अबेरसम्म र दिनको अन्त्यतिर कुहिरो लाग्ने सम्भावना छ ।

३. प्रमुख शहरहरूको अवस्था

शहर

मौसमको अवस्था

विशेष नोट

लिस्बन

हल्का वर्षाकोसम्भावना

विशेष गरी ट्यागस नदी (Tagus River) को किनारमा बिहान दिउँसो बाक्लो कुहिरो लाग्नसक्छ।

पोर्टो

भारी वर्षा

मध्य दिउँसोसम्म भारी वर्षा हुन सक्छ। तापक्रममा थोरै वृद्धि हुनेछ।

४. विस्तृत समुद्री अवस्था

समुद्री यात्रुहरू र माछा मार्नेहरूका लागि विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ ।

पश्चिम तट : अत्यधिक जोखिमपूर्ण। उत्तरपश्चिमी छालहरू सुरुमा ४ देखि ४.५ मिटरका हुनेछन् । दिउँसोदेखि काबो रासो (Cabo Raso) को उत्तरमा छालहरू बढेर ४.५ देखि ५.५ मिटर सम्म पुग्नेछन् । काबो रासोको दक्षिणमा छालहरू ३ देखि ३.५ मिटरका हुनेछन् । समुद्री पानीको तापक्रम: १५/१६ डिग्री सेल्सियस ।

दक्षिण तट : तुलनात्मक रूपमा शान्त। दक्षिणपश्चिमी छालहरू करिब १ मिटरका हुनेछन् । समुद्री पानीको तापक्रम: १६/१७ डिग्री सेल्सियस ।

आजको दिन उत्तरी पोर्चुगलमा भिजेको र हावाहुरी चल्ने दिन हुनेछ भने दक्षिणी भागमा मौसम केही शान्त तर धुम्म रहनेछ । पश्चिमी तटमा समुद्र अत्यन्तै अशान्त रहने हुनाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेका छन् ।

स्रोत : IPMA

Leave a Reply